वायु प्रदुषणले बिगार्दैछ आँखा, यस्ता छन् बच्ने उपाय

विदुर खबर २०७४ फागुन २४ गते ११:३३

काठमाडौंमा वायु प्रदुषण उच्च विन्दुमा पुगेकाले फोक्सोसँगै मानिसको आँखामा पनि समस्या देखिन थालेको छ ।

Advertisement

ग्यासबाट निस्कने विषाक्त धुँवा, धुलोका कण, विषक्त रसायन तथा दुर्गन्धका कारण वायु प्रदुषण बढीरहेको छ । सास फेर्ने क्रममा वायुसँगै यस्ता विषाक्त तत्व पनि हाम्रो शरीरमा प्रवेश भइरहेको हुन्छ ।

हाम्रो आँखा प्रदुषित बायुको प्रत्यक्ष सम्पर्कमा रहन्छ । हामी विषाक्त बायु फोक्सोमा इनहेल नहोस् भनेर हामी मास्क त प्रयोग गर्छौं,तर आँखाका लागि भने खासै ध्यान दिदैनौ । यही नै हाम्रो हेलचेक्रयाइं हो ।

Advertisement

एलर्जीदेखि संक्रमणसम्म

हामी आँखा झिमझिम गरिरहन्छौं । त्यसक्रममा एक मिनेटमा करिब १६ पटक मात्र आँखा बन्द रहन्छ । बाँकी समय आँखा वायुको प्रत्यक्ष सम्पर्कमा रहन्छ । यही कारण प्रदुषित बायुले आँखामा सिधै असर पार्छ र विभिन्न समस्या निम्त्याउँछ ।

Advertisement

‘प्रदुषणका कारण हुने आँखाको समस्या हेर्दा सानो लाग्छ । तर यसले दैनिक जीवनमा भने प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ’, तिलगंगा आखा अस्पतालका जनरल अपथाल्मोलोजिस्ट डा. होम बहादुर गुरुङ भन्छन् ।

डा. गुरुङका अनुसार बायु प्रदुषणका कारण आँखामा संक्रमण हुने तथा आँखा सुख्खा हुने, पोल्ने, चिलाउने, विझाउने र रातो हुने गर्छ । त्यतिमात्र हैन, सडकबाट उडेको बालुवा तथा धुलोका कण मानिसकोे आँखामा टाँसिएमा त्यस्ता कण धोएर पनि पखालिदैनन् । त्यस्तो अवस्थामा अस्पताल पुग्नुको विकल्प रहँदैन ।

वायु प्रदुषणका कारण आँखामा समस्या भएमा आँखाको एलर्जीसमेत हुने गर्छ, जसलाई चिकित्सकीय भाषामा ‘एलर्जीक कञ्जक्टिभाइटिस’ भन्ने गरिन्छ । एलर्जीक कञ्जक्टिभाइटिस भएमा आँखा पोल्छ, चिलाउँछ, रातो हुन्छ र आखाको संक्रमणसमेत हुन्छ । आँखाको संक्रमण भएका मानिस स्कुल जान या काम गर्न सक्दैनन् ।

सामान्यतयाः हाम्रो आँखाको वीचमा आँशुको पत्र अर्थात ‘टियर फिल्म’ हुन्छ । जसले आँशु बग्न तथा आँखाको सफाई गर्न मद्दत गर्छ । हावा नै प्रदुषित भएको खण्डमा त्यसले आँखाभित्र रहेको आँशुको पत्रलाई समेत प्रभाव पार्छ । जसबाट आँखामा संक्रमण हुन्छ । आँखा सुख्खा हुन्छ, पोल्छ, चिलाउँछ, विझाउँछ र रातो हुन्छ । आँखा सुख्खा भएमा आँखा रातो हुन्छ, पोल्छ र बत्ती तथा उज्यालोमा हेर्ने नसक्ने हुन्छ ।

कन्ट्याक्ट लेन्समा पनि कष्ट

बजारमा विभिन्न कन्ट्याक्ट लेन्स पाइन्छ । आँखाको तेज बढाउन तथा आर्कषक देखीन अचेल युवक युवती कन्ट्याक्ट लेन्सको प्रयोग बढी मात्रामा गर्छन् । पछिल्लो समय काठमाडौ उपत्यकामा बढेको वायु प्रदुषणका कारण कन्ट्रयाक्ट लेन्स प्रयोगकर्तामासमेत समस्या देखिएको छ ।

हो, वायु प्रदुषणले कन्ट्याक्ट लेन्समासमेत असर पार्छ । यही कारण प्रदुषित वातावरणमा बस्नेहरुलाई कन्ट्याक्ट लेन्स प्रयोग गरेको एक, दुई घण्टाभित्रै आँखा पोल्ने तथा विझाउने गर्दछ ।

आँखाको बीच भागमा रहेको आशुको पत्रमार्फत आँखाले अक्सिजन प्राप्त गर्छ । तर कन्ट्याक्ट लेन्स लगाउनेको हकमा भने अक्सिजन बाहिरबाट लिनुपर्ने हुन्छ । ‘बाहिरको हावा नै प्रदुषित भएकाले आँखाले पर्याप्त मात्रामा अक्सिजन पाउन सक्दैन । जसका कारण आखा पोल्छ, चिलाउँछ, बिझाउँछ र कन्ट्याक्ट लेन्स सहन गर्ने क्षमता नै कम हुन्छ’, डा. गुरुङ अनलाइनखबरसित भन्छन् ।

कसरी बचाउने आँखा ?

वायु प्रदुषण कम गर्नु नै यसको दिर्घकालीन समाधान हो, जुन सानो प्रयासबाट सम्भव छैन । यसका लागि सरकार र सम्बन्धित निकायलाई घचघचाउँदै हाललाई हरेक व्यक्तिले केही सावधानी अपनाएमा आँखा जोगाउन सकिन्छ ।

-बाहिर हिडदा सधैभरी चश्माको प्रयोग गर्ने गरौं । चस्माले धुलो छिर्न दिदैन र आँखाको सुरक्षा गर्दछ ।

– बाहीर कतै गएर घर फर्किर्एपछि आँखालाई राम्ररी सफा गर्नुपर्छ । सामान्यतया हामी मुख धोएपछि मात्र आँखा सफा हुन्छ भन्ने सोच्छौ । खासमा जताततै उडीरहेको धुलो हाम्रो आखाको परेलीमा जमेर बस्छर त्यसबाटै संक्रमण हुन्छ । अतः सफा पानीले आँखाका साथै परेलीका डिलसमेत धुनुपर्छ ।

-आँखामा जमेको कचरालाई सफा पानी तथा कृत्रिम आशुद्धारा सफा गर्न सकिन्छ ।

प्रतिक्रिया