नेकपाले टुंग्यायो जिल्ला इन्चार्ज र सह–इन्चार्ज

विदुर खबर २०७६ साउन ५ गते १६:५६

नुवाकोट ५ साउन , लामो छलफल र बहसपछि सत्तारुढ नेकपाले जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकेको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले ७ठ वटै जिल्लाका इन्चार्ज, सह–इन्चार्ज तथा ६ महानगरका इनचार्ज, सह–इन्चार्जको टुंगो लगाएको हो । बैठकको निर्णयअनुसार ४५ जिल्लाको इन्चार्ज तत्कालीन एमाले र ३८ जिल्लाको इन्चार्ज तत्कालीन माओवादी केन्द्रले पाएको छ । राजधानी काठमाण्डुको जिल्ला इन्चार्ज पूर्वएमाले तथा ललितपुर र भक्तपुरको इन्चार्ज पूर्वमाओवादी केन्द्रको भागमा परेको छ ।

पूर्वएमालेले इन्चार्ज पाएको जिल्ला वा महानगरमा पूर्वमाओवादीबाट र पूर्वमाओवादीेले इन्चार्ज पाएका ठाउँमा पूर्वएमालेबाट सह–इन्चार्ज हुनेछन् । व्यक्ति भने यसअघि एकताका बेला दुवै पार्टीबाट इन्चार्ज रहेकाहरु नै हुने बताइएको छ ।

Advertisement

प्रतिक्रिया