पोष्टवहादुर बोगटी स्मृति कृषि प्रर्दशनी मेलाको आयव्यय सार्वजनिक

विदुर खबर २०७६ साउन ४ गते १९:५०

नुवाकोट साउन ४, ककनी गाउँपालिका वडा नम्बर ४ रानीपौवामा जेठ ४ गतेदेखि ८ गतेसम्म आयोजना गरिएको पोष्टवहादुर बोगटी स्मृति कृषि प्रर्दशनी मेला २०७६ को आयव्यय सार्वजनिक गरिएको छ ।

Advertisement

पोष्टवहादुर स्मृति प्रतिष्ठानले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि कृषि प्रर्दशनी मेलाको आयव्यय सार्वजनिक गरेको हो । प्रतिष्ठानका कोषाध्यक्ष रुद्र ढुङ्गानाले आयव्यय सार्वजनिक गर्दे मेलामा कुल ५० लाख ७६ हजार २ सय ९४ रुपैया खर्च भएको बताए । त्यस्तै मेलाको लागि विभिन्न संघसंस्था तथा विभिन्न कार्यालयबाट ४९ लाख ४२ हजार २ सय ३५ रुपैयाँ आम्दानी भएको ढुङ्गानाले बताए ।

नुवाकोटका विभिन्न स्थानिय तहको सहयोगमा संचालन गरिएको उत्त कृषि मेला प्रर्दशनमा उत्कृष्ट भएका विभिन्न एकसय ९७ कृषक तथा कृषि र्फमहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

Advertisement

प्रतिक्रिया