जिल्ला अदालत नुवाकोटमा मुद्दा बढ्दो, जग्गाको मूल्यले किचलो ल्याउँदा समस्या

विदुर खबर २०७६ साउन ४ गते १५:३८

फाईल फोटो ।

नुवाकोट साउन ४, जिल्ला अदालत नुवाकोटमा मुद्दा बढेका छन् । गत वर्षको तुलनामा १ सय ३८ मुद्दा बढेका हुन् ।

अदालतमा ७ सय ५२ मुद्ददा परेका थिए । यो आर्थिक वर्षमा ३ सय ६५ मुद्दा जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले फैसाला गरेका छन् । अदालतमा ३ सय ८७ मुद्दा फर्स्यौट गर्न बाँकी रहेको अदालतका स्रेस्तेदार शिवप्रसाद बञ्जराले बताए । गत आर्थिक वर्षमा २ सय ४९ थान लगत मुद्दामा यो वर्ष ३ सय ८७ थान लगत बाँकी रहेको अदालतले जनाएको छ ।
नयाँ संहिता (कानुन), जनघनत्व, जग्गाको मूल्यले समाजमा किचलो ल्याउँदा मुद्दाको संख्या बढ्दै गएको स्रेस्तेदार बञ्जराले बताए । फैसला भएका मुदामा बढी देवानी प्रकृतिका छन् । व्यक्तिवादी (देवानी) धनसम्पत्ति, लेनदेन, जग्गा किचलोलगायतका ४ सय ६२ मुद्दा परेका थिए । त्यसमध्ये २ सय २८ अदालतले फैसाला गरेको थियो भने २ सय ३४ फैसाला हुन बाँकी छन् । व्यक्तिवादी (फौजदारीमा) जालसाँझी, किर्ते, कुटपिट, लुटपाटलगायतका १ सय १० मुद्दामा परेका थिए । त्यसमा ७१ फैसाला भएको र ३९ मुद्दा फर्स्यौट हुन बाँकी छन् ।
सरकारवादी फौजदारीअन्तर्गत कर्तव्य ज्यान, मानव बेचविखन, डैकैतीलगायतका १ सय ७२ मुद्दा रहेकोमा ६२ फर्स्यौट भएका छन् । त्यसमध्ये १ सय १० मुद्दा फर्स्यौट हुन बाँकी छन् । अदालतमा व्यक्तिवादी देवानी पुनरावेदनमा ३ थान मुद्दा थिए । त्यसमा एउटा फैसला भएको छ भने २ मुद्दा फैसला हुन बाँकी छन् । सरकारवादी फौजदारी पुनरावेदनमा ३ मुद्दामा एउटा फर्स्यौट भएको र २ बाँकी छन् ।
Advertisement

प्रतिक्रिया