सुनको मूल्यमा हालसम्मकै उच्च कारोबार

विदुर खबर २०७६ साउन ३ गते १८:२८

नुवाकोट साउन ३,सुनको मुल्यमा शुक्रबार पनि बृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मुल्य ५ सय रूपैयाँले बढेर ६५ हजार ५ सय रूपैयाँमा पुगेको छ । करीव महिनादिन पहिले सूनकाे मूल्य यही बिन्दुमा पुगेकाे थियाे ।

Advertisement

बिहीबार ५ सय रूपैयाँले बढेर ६५ हजार रूपैयाँ पुगेको छापावाला सुनको मुल्य शुक्रबार पनि सोहि दरमा बढेर सबैभन्दा उच्च मुल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी माहासंघले जनाएको छ । त्यसैगरी शुक्रबार तेजाबी सुन प्रतितोला ६५ हजार २ सय रूपैयाँ र चाँदी ७७० रूपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी ७६५ रूपैयामा खरिद बिक्री भएकोमा शुक्रबार तोलामा ५ रूपैयाँ बढेर ७७० रूपैयाँ पुगेको हो ।

पछिल्लो १ हप्तामा सुनको मुल्य १ हजार रूपैयाँले बढेको छ भने १ महिनामा प्रतितोला २ हजार ५ सय रूपैयाँले बढेको छ । त्यस्तै १ महिनामा चाँदीको मुल्य प्रतितोला ५५ रूपैयाँले बढेको छ । यसरी बढ्नुमा अमेरिका इरान व्यापारिक तनाव र सुनमा लाग्ने भन्सारदर वृद्धि रहेकोे व्यवसायीको भनाई छ ।

Advertisement

प्रतिक्रिया