फेरि बढ्यो सुनको मुल्य , तोलाको ६५ हजार पुग्यो

नुवाकोट साउन २, केहि समय स्थिर जस्तै रहेको सुनको मूल्य बिहिबार फेरि बढेको छ। बिहीबार एकैदिन छापावाला सुनको मूल्य ५०० रूपैयाँले ६५ हजार रूपैयाँमा कारोबार भएको सुनचाँदी महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधबार छापावाला सुन ६४ हजार ५०० रूपैयाँमा किनबेच भएको थियो । त्यसैगरी बिहीबार तेजावी सुन प्रतितोला ६४ हजार ७०० रूपैयाँमा खरिद बिक्री भइहेको छ भने चाँदि प्रतितोला ७६५ रूपैयाँमा कारोबार भइरहेको माहासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ७४५ रूपैयाँमा बिक्री भएकोमा बिहीबार तोलामा २० रूपैयाँले बढेको हो ।यस्तै बुधवार तेजावी सुन प्रतितोला ६४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने २० रुपैयाँले बढेर बुधवार ७४५ रुपैयाँ तोलामा कारोबार भएको थियो।
पछिल्लो १ महिनामा सुनको मुल्य प्रतितोला २ हजार ५ सय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला ४५ रूपैयाँले बढेको छ ।यसरी बढ्नुमा अमेरिका इरान व्यापारिक तनाव र सुनमा लाग्ने भन्सारदरमा वृद्धि रहेकोे व्यवसायीको भनाई छ । नेपालमा हालसम्म सुनको मुल्य सबैभन्दा धेरै ६५ हजार ५०० रूपैयाँ सम्म कारोबार भएको छ ।
प्रतिक्रिया