नुवाकोट गेर्खुका रामचन्द्र मृत अवस्थामा भेटिए
विदुर खबर
२०७६ साउन १ गते १८:१६

नुवाकोट साउन १, एकसातादेखि वेपत्ता भएका विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका रामचन्द्र न्यौपाने मंगलबार मृत अवस्थामा फेला परेका छन ।
न्यौपानेलाई विदुर नगरपालिका वडा नम्बर ५ को बुनीबेँसी पुल नजीकै मृत्त अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । एकसातादेखि सम्पर्कविहिन भएका उनलाई मंगलबार प्रहरीले फेला पारे पनि खनाखत हुन सकेको थिएन ।
उनको बुधवार त्रिशुलीको राम मन्दिरमा दाहासंकार गरिएको उनका काका नवराज न्यौपाने वासुले विदुरखबरलाई बताए ।
सम्बन्धित
प्रतिक्रिया