असार सकिए पनि नुवाकोटमा सकिएन रोपाइँ

विदुर खबर २०७६ साउन १ गते १४:५८
फाईल फोटो

                                                                                              फाईल फोटो

नुवाकोट साउन १, असार महिना सकिँदा पनि नुवाकोटमा पानी तथा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् । नुवाकोटमा अहिलेसम्म ६२ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर कमलराज गैरेले जिल्लामा रोपाइँ अन्तिम चरणमा पुगेको बताए ।

Advertisement

उनले जिल्लाको अधिकांश ठाउँहरुमा पर्याप्त मात्रामा पानी नपरेको भन्दै रोपाई गर्न केहि ढिला भएको बताए । नुवाकोटमा अधिकांश किसानहरुले भूमिगत सिँचाइबाट रोपाइँ गरेपनि यो वर्ष पर्याप्त वर्षा नहुँदा धरै ठाउँमा रोपाई गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया