नाटकमा पोखिँदै महिलाका पीडा, विराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव
विराटनगर, २३ फागुन-नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थाको संयुक्त आयोजनामा मंगलबारदेखि बिराटनगरमा राष्ट्रिय महिला नाट्य महोत्सव शुरु भएको छ ।
आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाट्य महोत्सव शुरु भएको हो । महोत्सवको १ नम्बर प्रदेशका आन्तरिक तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । उनले नाटकको संवाद प्रस्तुत गरेर महोत्सवको उद्घाटन गरेका हुन् ।
बिहीवारसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन ३ वटा नाटक मञ्चन हुनेछन् । आरोहण गुरुकुल, दहेजमुक्त मिथिला र मैथिली सेवा समिति सहआयोजक रहेको महोत्सवको पहिलो दिन प्रियंका झाको लेखन तथा निर्देशन रहेको ‘कथा नई भेटल’, भरत गुरागाईंको ‘बन्द बाकस’ र कविता नेपालको ‘सुनामी’ नाटक मञ्चन गरिएको छ ।
मैथिली भाषाको ‘कथा नई भेटल’मा झा आफैँ, नेपाली भाषाको ‘सुनामी’मा नेपाल आफैँ र ‘बन्द बाकस’मा अनु श्रेष्ठले अभिनय गरे । हरेक नाटकमा विभिन्न समुदायको भाषा, संस्कृति झल्किन्छ ।
बुधबार ज्योति राईको ‘विसंगत’, बंसरी पाण्डेको ‘म रुपियाँ’ र वसन्ता सुनुवारको ‘वरी’ मञ्चन हुने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले जानकारी दिए ।
काठमाडौंकेन्द्रित रंगमञ्चलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले नेपालमै पहिलोपटक महिला नाट्य महोत्सव गरिएको होे । ‘महिलालाई रंगमञ्चमा आकर्षित गर्न महोत्सव गरिएको हो,’ उनले भने, ‘यसले रंगमञ्चमा महिलाको उपस्थिति बलियो हुने आशा लिएका छौँ ।’
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवमा १० देखि ३० मिनेटका नाटक मञ्चन हुने सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । ‘तीन दिनसम्म मञ्चन हुने ९ वटा नाटकमा दर्शकले सिंगो नेपाल पाउनुहुनेछ,’ थापाले भने ।
नाटक हेर्नको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
उद्घाटन समारोहमा मन्त्री कार्कीले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता जनाए ।
‘प्रदेश सरकार भर्खरै गठन भई ऐन, कानुन बन्ने प्रक्रियामा छ,’ मन्त्री कार्कीले भने, ‘कस्तो ऐन कानुन बनाउँदा कला र साहित्य अनि संस्कृतिको विकास हुन्छ, हामी त्यसैअनुसारको कानुन बनाउन तयार छौं ।लोकन्तर
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया