भरत ढुङ्गानाको मृत्यु प्रकरणमा नयाँ खुलासा, पुर्व माओवादीहरुमै विवाद

नुवाकोट असार ३१, माओबादी नेता एबम नुवाकोटका पुर्व जिबिस सभापति भरत ढुङ्गानाको मृत्यु प्रकरणमा नयाँ खुलासा सार्वजनिक भएको छ ।
उनको मृत्युको विषयलाई लिएर पुर्व माओवादीहरुमै विवाद सिर्जना भएको तथ्य सार्वजनिक भएको छ ।
सो घटनाको विषयमा नुवाकोटका तत्कालिन माओवादी जनसरकार प्रमुख रजमान तामाङले ह्याण्डसेटको नभएकै कारण ढुङ्गानाको मृत्यु भएको बताए । उनले ह्यन्डसेट भएकै कारण आफुहरु बाचेको भन्दै किन ढुङ्गानालाई ह्याण्डसेट दिइएन भनेर सामाजिक संजालमार्फत तत्कालिन माओवादीका नेताहरुसँग प्रश्न गरेका छन ।
घटनाको विषयमा तामाङले सामाजिक संजालमा राखेका विषयहरु जस्ताकोतेस्तै

रजमान तामाङ
घटनाको विषयमा हामी गण्डक जाने तयारीमा थियौं । म जगतजङ्ग ,ज्योति र निर्माण । ३० गते नै धादिङको उतरी क्षेत्रमा शाही सेनाले अप्रेसन चलाइरहेको खबर आयो हाम्रो ह्यान्ड सेटमा । हामी आँखुखोला पुर्बमै रोकियौँ । असार ३१ गते बिहान पनि सेना अप्रेसनमै रहेकोे खबर आयो । सुबास तामाङ घाइते भएको खबर थियो ।
बिहान कमरेड भरत ढुंगानासँग भेट्ने कार्यक्रम थियो । करिब १५ मिनेटमा हाम्रो भेट हुने थियो । हामीलाई बारबार खबर आइरहेकै थियो ह्यान्ड सेटबाट सेना फर्केको छैन ।
तर कमरेड भरत ढुंगानासँग ह्यान्ड सेट नै थिएन । सुबास भएको ठाउँबाट भरत ढुंगाना गिरफ्तार भएको खबर आयो एक्कासि । साथमा थिए बैकुण्ठ पोख्रेल । एकैछिनमा अर्को दुस्खद खबर आयो कमरेड भरत ढुंगाना र बैकुण्ठ पोख्रेल शहिद हुनु भयो ।
आजको दिन तपाईं दुबैजनालाई हार्दिक श्रद्धाञ्जली । किन दिएन तपाईंलाई ह्याण्डसेट म प्रश्न गरिरहेको छु बाचेकाहरुसँग । ह्यन्डसेट भएकै कारण हामी बाच्यौँ । तपाईंसँग ह्याण्ड्सेट भएको भए त्यो दुर्घटना हुने नै थिएन।
प्रतिक्रिया