भरत ढुङ्गानाको मृत्यु प्रकरणमा नयाँ खुलासा, पुर्व माओवादीहरुमै विवाद
नुवाकोट असार ३१, माओबादी नेता एबम नुवाकोटका पुर्व जिबिस सभापति भरत ढुङ्गानाको मृत्यु प्रकरणमा नयाँ खुलासा सार्वजनिक भएको छ ।
उनको मृत्युको विषयलाई लिएर पुर्व माओवादीहरुमै विवाद सिर्जना भएको तथ्य सार्वजनिक भएको छ ।
सो घटनाको विषयमा नुवाकोटका तत्कालिन माओवादी जनसरकार प्रमुख रजमान तामाङले ह्याण्डसेटको नभएकै कारण ढुङ्गानाको मृत्यु भएको बताए । उनले ह्यन्डसेट भएकै कारण आफुहरु बाचेको भन्दै किन ढुङ्गानालाई ह्याण्डसेट दिइएन भनेर सामाजिक संजालमार्फत तत्कालिन माओवादीका नेताहरुसँग प्रश्न गरेका छन ।
घटनाको विषयमा तामाङले सामाजिक संजालमा राखेका विषयहरु जस्ताकोतेस्तै

रजमान तामाङ
घटनाको विषयमा हामी गण्डक जाने तयारीमा थियौं । म जगतजङ्ग ,ज्योति र निर्माण । ३० गते नै धादिङको उतरी क्षेत्रमा शाही सेनाले अप्रेसन चलाइरहेको खबर आयो हाम्रो ह्यान्ड सेटमा । हामी आँखुखोला पुर्बमै रोकियौँ । असार ३१ गते बिहान पनि सेना अप्रेसनमै रहेकोे खबर आयो । सुबास तामाङ घाइते भएको खबर थियो ।
बिहान कमरेड भरत ढुंगानासँग भेट्ने कार्यक्रम थियो । करिब १५ मिनेटमा हाम्रो भेट हुने थियो । हामीलाई बारबार खबर आइरहेकै थियो ह्यान्ड सेटबाट सेना फर्केको छैन ।
तर कमरेड भरत ढुंगानासँग ह्यान्ड सेट नै थिएन । सुबास भएको ठाउँबाट भरत ढुंगाना गिरफ्तार भएको खबर आयो एक्कासि । साथमा थिए बैकुण्ठ पोख्रेल । एकैछिनमा अर्को दुस्खद खबर आयो कमरेड भरत ढुंगाना र बैकुण्ठ पोख्रेल शहिद हुनु भयो ।
आजको दिन तपाईं दुबैजनालाई हार्दिक श्रद्धाञ्जली । किन दिएन तपाईंलाई ह्याण्डसेट म प्रश्न गरिरहेको छु बाचेकाहरुसँग । ह्यन्डसेट भएकै कारण हामी बाच्यौँ । तपाईंसँग ह्याण्ड्सेट भएको भए त्यो दुर्घटना हुने नै थिएन।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया