जीवन सुखी बनाउन सेक्सको भूमिका ठुलो

विदुर खबर २०७६ असार २८ गते १९:४०

हाम्रो समाजमा खुल्ला रुपमा सेक्सका विषयमा कुरा हुन सक्दैन् । यही बन्देजका कारण आफ्नो यौन समस्या र कमजोरी एक आपसमा छलफल गर्न नसक्दा पारिवारिक कलह समेत हुने गर्छ । बैवाहिक जीवन सुखी बनाउन सेक्स लाइफको भूमिका ठुलो छ । सेक्स आम जीवनमा खान, नाना र छानापछिको जरुरी बस्तु हो । कतिपय अवस्थामा श्रीमन्ले श्रीमतीलाई वा श्रीमतीले श्रीमान्लाई बुझ्न नसक्दा विभिन्न समस्याहरू देखिन्छ ।

Advertisement

महिला र पुरुषबीचमा केही यस्ता हार्मोनले यौनका विषयलाई लिएर फरक बनाउने गर्छ । सेक्स सबैलेलागि आवश्यक भएपनि बायोलोजिकल जानकारी नहुँदा हामीले सेक्सकालागि उपयुक्त समयका विषयमा जानकारी समेत पाउन सकेका हुदैनौँ ।

भर्खरै अमेरीकाको अमेरीकन मेडिकल एसोसिएसनले गरेको एक रिसर्चमा पुरुष र महिलाबीच सेक्सको लागि समय रोजाई ठ्याक्कै उल्टो हुने गरेको छ । हार्मेनका कारण पुरुषलाई र महिलालाई भिन्दा भिन्दै समयमा सेक्स सम्बन्धी रुचीको समय फरक पार्ने गरेको छ ।पुरूषहरू विहानीपख सेक्समा धेरै चासो राख्छन् भने यसको उल्टो महिलाहरुलाई भने रातको समयमा सेक्स सम्बन्धी रुची जाग्ने गरेको छ । अनुसन्धानका अनुसार यस्तो भने हार्मोनले गराउँछ । रातमा महिलाहरू रोमान्टिक बन्ने र विहान उनीहरुलाई खासै चासो हुदैन् ।

Advertisement

अनि ठ्याक्कै उल्टो राती पुरुषहरुलाई चासो नहुने र विहानी असाध्यै मन हुने गर्छ । अनुसन्धानमा विहान ५ बजेदेखि ७ बजेसम्म पुरुषको टेष्टेस्टेरोनको मात्रा बढ्ने जसले गर्दा पुरुषहरू चञ्चले बन्ने गर्छन् । अन्य समयमाभन्दा विहानको यो समयमा सेक्स हॉर्मोन १६ देखि ५० प्रतिशतसम्म बढी हुन्छ ।

महिलाहरुमा पनि पुरुषहरुमा जस्तै टेस्टेस्टेरोन हार्मोनले सेक्स सम्बन्धी रुची जगाउने गर्छ । तर एस्ट्रोजन और प्रोजेस्टेरोनका कारण सामान्य अवस्थामा रहन्छ । महिलाहरुमा यसको मात्रा रातको समयमा बढी हुन्छ । र रातलाई रंगिन बनाउन चञ्चल हुने गर्छन् । अनुसन्धानले पुरुषलाई राति जत्ति गहिरो निद्रा लाग्छ उत्ति नै टेस्टेस्टेरोनको मात्रा बढ्छ । अमेरिकन मेडिकल एसोसिएसनको यो अनुसन्धानले ५ घण्टाभन्दा धेरै सुत्ने पुरुषको टेस्टेस्टेरोनको मात्रा १५ प्रतिशत बढ्ने जनाएको छ ।

Advertisement

सोधका अनुसार सुतेर उठेका पुरुषहरुमा सेक्सको चाहना ज्यादा हुन्छ भने महिलालाई सुतेर उठेपछि भने ज्यादै कम चाहना हुन्छ । साँझको ६ बजेदेखि पुरुषमा टेस्टेस्टेरोनको मात्रा कम हुन थाल्छ । तर महिलाहरुमा भने यसपछि बढ्न थाल्छ ।साँझ पछि महिलाहरुमा ३० प्रतिशत ज्यादा सेक्सको चाहना बढ्न थाल्छ । यस्तै कार्यालयको कामको कारण हुने समस्याले गर्दा पुरुषहरुमा टेस्टेस्टेरोन कि मात्रा घट्ने हुन्छ भने खुसी हुने केही कारण पाए टेस्टेस्टेरोन २० प्रतिशतसम्म बढ्छ ।

प्रतिक्रिया