विप्लव माओवादीलाई झड्का, दर्जन नेता तथा कार्यकर्ता नेकपा प्रवेश

विदुर खबर २०७६ असार २७ गते ७:३७

नुवाकोट असार २७, विप्लव माओवादीलाई नराम्रो झड्का लागेको छ । उसका दर्जन नेता तथा कार्यकर्ता नेकपा प्रवेश गरेका छन ।चन्द समूहका मेची–कोशी ब्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

Advertisement

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई आफ्नै निवास खुमलटारमा स्वागत गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकताअनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडल दिने नेतृत्वको सपना भएको बताउनुभयो ।

Advertisement

उहाँले बाँकी रहेका सबै कम्युनिष्ट पार्टी र समूह एकजुट भई यो महान् उद्देश्य पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीको झण्डामुनि रहेका साथीलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धितिर देशलाई लैजान सकिन्छ । हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो । हामी एकजुट हुँदा नै हामी बलियो हुने हो ।”जो जहाँ ब्युँझियो त्यहीँबाट उठेर हिँड्ने हो, सबै ब्युँझाउँछु भन्न थाल्दा सम्भव नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले विशाल पार्टीको आधार तयार गरेका छौँ, यहाँ सबै अट्छन् ।” अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका वरिष्ठ नेतालाई पनि नेकपामा आउन आह्वान गर्दै उहाँहरुको योगदानको कदर नेकपामा हुने बताउनुभयो ।

प्रतिक्रिया