करदाताहरुलाई शिक्षित बनाउन विदुरमा अन्तरक्रिया

विदुर खबर २०७६ असार २६ गते १५:१६

नुवाकोट असार २६, “कर संवृद्ध नेपाल,सुखी नेपालीको भर” भन्ने नाराका साथ बिहीबार विदुरमा करदाता शिक्षा तथा कर जागरण सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

Advertisement

नुवाकोट उद्योग बाणिज्य संघ र करदाता सेवा कार्यालय गल्छीको संयुक्त आयोजनामा भएको कार्यक्रममा “आर्थिक बिधेयक २०७६ ले गरेको कर ब्यवस्था सम्बन्धी जानकारी गराइएको थियो । कार्यक्रममा कर अधिकृत रमेशकुमार रेग्मीले आर्थिक बिधेयक २०७६ ले गरेको प्रावधानहरुको वारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, घरेलु कार्यालय नुवाकोटका प्रमुख विजय भट्टराई , नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ट उपाध्यक्ष गीता अमात्य, तथा विभिन्न पदाधिकारी र व्यवसायिहरुको उपस्थिति भएका छन ।

Advertisement

प्रतिक्रिया