नुवाकोटमा अवैध बालुवा झिक्ने स्वरुप फेरिँदै

विदुर खबर २०७६ असार २६ गते १:५९

नुवाकोट असार २६, बालुवा झिक्ने स्वरुप फेरिंदै गएको छ । नुवाकोट र धादिङ सीमा बग्ने कोल्पुखोलामा कामदार लगाएर बालुवा झिक्ने कार्य भइरहेको छ । नुवाकोटमा नदीजन्य पदार्थ उत्खनन  रोक लगाएपनि कामदार लगाएर बालुवा झिक्ने कार्य रोकिएको छैन ।

Advertisement

गल्छी–त्रिशूली सडकखण्डको कोल्पुखोला पुलको नजिकैबाट उक्त कार्य भइरहेको छ । नुवाकोटबाट बालुवा झिक्न नमिलेपछि धादिङका ठेकेदारले कामदार लगाएर बालुवा झिक्ने गरेका छन । तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयलेले २०७० भदौ १७ गतेको निर्णय अनुसार राजमार्गबाट आधा किलोमिटर, वन र बस्तीबाट दुई किलोमिटर बालुवा झिक्न नपाइने प्रावधानलाई मिचेर बालुवा झिक्ने कार्य भइरहेको हो ।

गल्छी–त्रिशूली सडक आवतजावत गर्ने कोल्पुखोला डेढ सय मिटर वरिपरि खोलाबाट बालुवा झिकिएको छ । स्थानीय प्रशासन र प्रहरीले बालुवा झिक्ने कार्य बन्द गरेको जनाएका छन् । जिल्लाको काशीटारदेखि कोल्पुटारसम्म बालुवा बोकेका लामबद्ध ट्रिपरले बस, माइक्रोबस र साना सवारीलाई आवत–जावत गर्न हम्मे परेको छ । नुवाकोटको हकमा सर्वोच्च अदालतले बालुवा उत्खननलाई बन्द गर्न भनेपनि उक्त आदेशको पालनालाई लत्याएर रातको समयमा झिक्ने गरिएको छ ।

Advertisement

 

प्रतिक्रिया