नुवाकोटको त्रिशुली बजारमा रहेको पुल जिर्ण बन्दै


फाईल फोटो
नुवाकोट असार २४,नुवाकोटको त्रिशुली बजारमा जाने पक्कि पुल जिर्ण भएको छ । करीब पाँच दशकअघि निर्माण भएको त्रिशूली पुल जीर्ण बनेको हो ।
फलामे ‘बेलिब्रिज’ मा प्रयोग गरिएका पाता र नट बोल्ट खिया लागेका छन् । सवारीसाधनको आवतजावत बाक्लो भएकाले जोखिम बढेको छ । पुलबाट दैनिक चार सयभन्दा बढी सवारीसाधन आबतजाबत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पुलको सुरक्षालई मध्य नजर गर्दै एक पटकमा एक मात्र सबारी आबतजाबत गर्न दिईदै आएको छ । स्थानिय सरोकारवलाहरुले हाल भैरहेको पक्कि पुलको बिकल्प हुनु पर्ने माग गर्दै आएका छन् ।
भारत सरकारले २०२१ सालमा त्रिशुली जलबिद्युत केन्द्र निर्माणको समयमा बनार्यएको पुलको आयु सकिएकामे र जिर्ण अबस्थामा पुगि सकेको छ । समयमा नै अर्को ब्यबस्थापन नभएमा पुलmले ठुलो जोखिम निम्त्याउने सरोकारवलाहरुले बताए । पहिले ८ टनसम्म सामान बोकेका गाडी मात्र सञ्चालनको अनुमति थियो । तर अहिले जती पनी सामाग्री बोकेका सबारी साधनहरु ओहोर दोहोर गरि रहेका छन् । पुलको जोखिम दिनानुदिन बढ्दै गए पनी सरोकारवालाहरु मौन रहदै आएका छन् । समयमा नै बैकल्पिक ब्यबस्थाको निर्माण नगर्ने हो भने त्रिशुली पुलले ठुलो दुर्घटना निम्त्याउने सरोकावाला निकायहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया