सम्पन्न बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र माछापोखरीमा, रामवीरले गरे उद्घाटन
नुवाकोट असार २३, सम्पन्न बहुउद्देश्यीय सहकारी संस्थाले माछापोखरीमा सेवा केन्द्र संचालनमा ल्याएको छ ।
२०६४ साल स्थापना भएको यस सहकारीले आफ्ना सदस्यहरुको सेवालाई मध्यनजर गर्दै सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । सेवा केन्द्रको उद्घाटन काठमाण्डौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले गरे । उनले सहकारी संस्थाहरु नाफामूलकभन्दा पनि सहकारीको मर्मअनुसार चल्नुपर्ने बताए । मुलुकको निर्यात घटिरहेको र आयात चरम उत्कर्षमा पुगेको बेला सहकारीले उत्पादन बढाउन सक्ने भन्दै मानन्धरले ठूलो टेवा पुर्याउन सक्ने बताए । सहकारीको अध्यक्ष बलराम खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका वाड नं. १६ का अध्यक्ष मुकुन्द रिजालले स्थानीय तहमा रहेको पुँजीलाई उत्पादनसँग जोड्न आग्रह गरे । समारोहमा सहकारीका सचिव तथा प्रवन्धक निर्मल गुरुवाचार्यले सहकारीको वित्तिय विवरणबारे प्रकाश पारेका थिए ।
यही जेठ मसान्तसम्म सहकारीको एक करोड २५ लाख सेयर पुँजी तथा निक्षेप १६ करोड नौ लाख रहेको छ । कर्जा लगानी १२ करोड ९८ लाख तरलता दुई करोड २५ लाख रहेको र कुल वासलात २० करोड २१ लख रहेको बताइयो । कार्यक्रममा बुद्धभुमि हाईडो पावर कम्पनीका अध्यक्ष पुर्णलाल श्रेष्ठ, सहकारीका कोषाध्यक्ष प्रदिप पाठक(सुमन), तारकेश्वर यातायात प्रालिका अध्यक्ष मिनबहादुर मानन्धर लगायतले बोलेका थिए । महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको यस सहकारीले आईएमई, प्रभु वेष्टर्न युनियन, हिमाल रेमिट लगायतबाट विप्रेषण सेवा उपलव्ध गराउँदै आएको सहकारीका सेवाकेन्द्र प्रमुख रमेशमान प्रधानले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया