नुवाकोटमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
नुवाकोट असार २३, ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड जिल्ला स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित,प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले संयुत्त रुपमा गरेका थिए ।
त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयमा संचालन भएको प्रतियोगिताम भलिवल, कवड्डी, तेक्वान्दो,उसु, कराँते, एथलेटिक्स लगायतका खेल समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका सदस्य उदव पनेरुले जाकनारी दिए । प्रतियोगिताको सबै खेलमा महिला र पुरुष समुह समावेश गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद खतिवडाले नुवाकोटमा खेल विकासको धेरै संभावना रहेपनि त्यसको सदुपयोग हुन नसकेको बताए । उनले खेलकुदलाई स्थानिय तहले विशेष महत्व दिएकाले आगामी दिनमा उत्कृष्ट खेलाडी जिल्लामा जन्मने आशा व्यत्त गरे ।
त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले पछिल्लो समय नुवाकोट पनि खेलको माध्यमबाट चिन्न थालेकोमा खुशी व्यक्त गरे । उनले प्रतियोगिता हुनु मात्र ठुलो कुरा नभएको भन्दै खेलाडी उत्पादनमा सबैले ध्यान दिनुपर्ने बताए । प्रतियोगितामा नुवाकोटको २ नगरपालिका सहित १० गाउँपालिकाका ४ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया