नुवाकोटमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

विदुर खबर २०७६ असार २३ गते १४:५३

नुवाकोट असार २३, ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड जिल्ला स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ ।

Advertisement

जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित,प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले संयुत्त रुपमा गरेका थिए ।

त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयमा संचालन भएको प्रतियोगिताम भलिवल, कवड्डी, तेक्वान्दो,उसु, कराँते, एथलेटिक्स लगायतका खेल समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका सदस्य उदव पनेरुले जाकनारी दिए । प्रतियोगिताको सबै खेलमा महिला र पुरुष समुह समावेश गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद खतिवडाले नुवाकोटमा खेल विकासको धेरै संभावना रहेपनि त्यसको सदुपयोग हुन नसकेको बताए । उनले खेलकुदलाई स्थानिय तहले विशेष महत्व दिएकाले आगामी दिनमा उत्कृष्ट खेलाडी जिल्लामा जन्मने आशा व्यत्त गरे ।

Advertisement

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले पछिल्लो समय नुवाकोट पनि खेलको माध्यमबाट चिन्न थालेकोमा खुशी व्यक्त गरे । उनले प्रतियोगिता हुनु मात्र ठुलो कुरा नभएको भन्दै खेलाडी उत्पादनमा सबैले ध्यान दिनुपर्ने बताए । प्रतियोगितामा नुवाकोटको २ नगरपालिका सहित १० गाउँपालिकाका ४ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया