वेत्रावती मैलुङ स्याफ्रुबेसी मार्गमा राति सवारी साधन नगुडाउन आग्रह

फाईल फोटो
रसुवा असार २३, वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न वेत्रावती–मैलुङ–स्याफ्रुबेसी राजमार्ग क्षेत्रको भूभागमा रातको समयमा सवारी साधन सञ्चालन नर्गन÷नगराउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
वर्षासँगै आएको भलपानीले नयाँ राजमार्गका ठाउँ ठाउँमा सडक अवरुद्ध गर्न थालेको र मानव बस्ती नभएको क्षेत्रमा राति सवारी साधन गुडाउँदा आकस्मिक रूपमा पर्न सक्ने समस्या हल गर्न गाह्रो पर्ने भएकाले रातको समयमा कुनै पनि सवारी साधन नगुडाउन आग्रह गरिएको प्रजिअ अर्जुन भण्डारीले बताउनुभयो । वेत्रावतीदेखि स्याफ्रुबेशीसम्म २९ किमीमध्ये मैलुङ–स्याफ्रुबेसी खण्डको १७ किमी राजमार्गअन्तर्गतका खोल्सामा पानी परेको बेला भलपानीको बहाव बढी हुने भएकाले सावधानीपूर्वक दिनको समयमा मात्र सवारी साधन गुडाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नयाँ राजमार्गका ठाउँठाउँमा पुल, नाली, टेवापर्खाल, कालोपत्रजस्ता गरी छिट्टै बाह्रै महीना सवारी साधन गुड्ने वातावरण बनाउन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक सुधार आयोजनासमक्ष स्थानीय बासिन्दाले आग्रह गरेका छन् । केही दिनअगाडि देखिको वर्षाले अवरुद्ध गरेको मैलुङ–स्याफ्रु खण्डको उक्त सडकमा आएको अवरोध आमाछोदिङ्मो गाउँपालिका–१ को सहयोगमा हटाएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो । मैलुङ खण्डको राजमार्गमा अवरोध हुन थालेपश्चात् अधिकांश सवारी साधनका चालकले वेत्रावती, धुञ्चे हुँदै स्याफ्रुबेसी खण्डको पासाङल्हामु राजमार्ग प्रयोग गर्न थालिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया