नुवाकोट प्रहरीले ग¥यो फलफुलको बिरुवा वितरण
विदुर खबर
२०७६ असार २१ गते ४:२४


स्थानियबासीलाई फलफुलको विरुवा वितरण गर्दे नुवाकोटका डिएसपी राजेश थापा ।
नुवाकोट असार २१, जिल्ला प्रहरी कार्यालय नुवाकोटले विदुर नगरपालिका वडा नम्बर २ का स्थानियबासीहरुलाई फलफुलको विरुवा वितरण गरेको छ ।
“एक घर एक फलफुल बिरुवा”को नारा सहित स्थानियहरुलाई फलफुलको बिरुवा वितरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यलय नुवाकोट तथा सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा कार्यक्रम भएको कार्यक्रम भिमसेन माध्यामिक विद्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानियबासिहरुलाई आँप,लिचि,कागति लगाएतका बिरुवाहरु वितरण गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया