विद्या भण्डारीको मत भार ३३ हजार, लक्ष्मीको ११ हजार (सूचीसहित)
 
		
	२३ फागुन, काठमाडौं । राष्ट्रपतिको चुनावमा एमाले र माओवादीकी साझा उम्मदेवार विद्यादेवी भण्डारीले जित्ने त निश्चित छ नै, तर उनले प्राप्त गर्ने मत भार अधीक हुने संसदीय गणितले देखाएको छ ।
राष्ट्रपतिको चुनावमा संघीय संसदका कुल ३३४ सांसदहरु र प्रदेशसभाका ५५० सांसदहरु मतदाता रहन्छन् । तर, केन्द्रीय संसद र प्रदेशसभाका सांसदहरुको मत भार भने फरक-फरक हुन्छ ।
संघीय संसदका एक सांसदको मत भार ७९ हुन्छ भने प्रदेश सांसदको मत भार ४८ तोकिएको छ । अर्थात एकजना संघीय सांसदले हालेको भोटलाई ७९ मत मानिने छ भने प्रदेशसभाका एकजना सांसदको मतलाई ४८ मत मानिने छ ।
प्रतिनिधिसभामा हाल २७५ जना सांसद छन् भने राष्ट्रियसभामा ५९ सांसद छन् । तर, प्रतिनिधिसभा सदस्य रेशम चौधरी टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेलमा छन् भने राष्ट्रियसभामा मनोनित तीन सदस्यले सपथ लिन पाएका छैनन् । त्यसैले यसपटक राष्ट्रपतिको निर्वाचनमा संघीय संसदका कुल ३३४ सदस्यमध्ये ३३० ले मात्रै मतदानमा भाग लिनेछन् । र, उनीहरुको कुल मत भार २६ हजार ७० हुनेछ ।
त्यस्तै सातवटा प्रदेशमा कुल ५५० प्रदेशसभा सदस्य छन्, उनीहरु मध्ये दीपक मनाङ्गेले भोट हाल्न पाउँदैनन् । यसो गर्दा प्रदेशसभाका ५४९ जनाले राष्ट्रपतिको चुनावमा मतदान गर्छन् । र, उनीहरुको कुल मत भार २६ हजार ३५२ हुनेछ ।
संसद र प्रदेशको गणित हेर्दा राष्ट्रपतिको चुनावमा विद्यादेवी भण्डारीले अत्यधीक मतका साथ जित्ने देखिन्छ । किनभने, संघीय संसद र प्रदेशबाट एमाले र माओवादीको मत भार जोड्दा ३३ हजार ६७५ पुग्छ । संघीय फोरम र राजपा लगायत केही साना दलले पनि भण्डारीलाई नै मत दिने अवस्था छ । जबकि कांग्रेसको कुल मत भार ११ हजार ४२८ मात्र छ ।
संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) मा एमालेका कुल १४८ सांसद छन् भने प्रदेशसभा सदस्यहरु २४३ जना छन् । यी सबैको मतभार २३ हजार ३५६ पुग्छ । यसमा माओवादीको १० हजार ३१९ मतभार जोड्दा विद्या भण्डारीले पाउने मतभार ३३ हजार ६७५ पुग्छ । यसमा राष्ट्रिय जनमोर्चा र मधेस केन्दि्रत दलको पनि मत थपिने अनुमान छ ।
राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुको केन्द्र र प्रदेशको कुल मत भार १३ सय ५५ मात्रै छ । त्यो मत सबै कांग्रेसतिरै जाँदा पनि कांग्रेसले राष्ट्रपतिको चुनाव जित्ने कुनै गुञ्जायस छैन । तर, त्यो मत बाँडिन सक्छ ।
केन्द्र र प्रदेश संसदमा गरी नेपाली कांग्रेसको कुल मत भार ११ हजार ४२८ मात्र छ । यसमा राजपाको २८४५ र फोरमको ३१९८ मत भार थपियो भने पनि कांग्रेसले एमालेलाई कट्ने अवस्था छैन । किनभने एमाले र माओवादीको मत भार ३३ हजारभन्दा माथि छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया