पिपलटारमा डिप वोरिङ्गबाट पानी र्झन थाल्यो,केही दिनमा धारोमा आउने
नुवाकोट असार १८, नुवाकोट विदुर नगरपालिका वडा नं ५ पिपलटार चोकमा रहेको डिप वोरिङ्गबाट पानी झर्न थालेको छ ।
प्रतिनिधिसभाका सांसद नारायण प्रसाद खतिवडा, विदुर नगरपालिकाको कार्यालय,विदुर नगरपालिका वडा नंम्बर ५ को वडा कार्यालय र स्थानियबासीको आर्थिक सहयोगमा डिप वोरिङ्ग निर्माण भएको हो । २० लाख रुपैयाँको लागतमा निर्माण भएको वोरिङ्ग निर्माणको लागि सांसद खतिवडाले स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको छुट्टाएको ७ लाख, विदुर नगरपालिका वडा नंम्बर ५ कार्यालयवाट ५ लाख, विदुर नगरपालिकाको कार्यालयबाट ४ लाख र स्थानियबासीको ४ लाख रुपैयाँ सहयोग गरेका छन ।
डिप बोरिङ्गको पानीले वडा नंम्बर ५ पिपलटारका करिव एकसय घरधुरी लाभान्वित हुने स्थानिय उद्धव पनेरुले बताए । बोरिङ्गमार्फत प्रत्येक घरमा धारा जडान गर्ने बताइएको छ । डिप वोरिङ्गबाट वडा नम्बर ५ को माझीटार,पिपलटार,माझगाउँ,देविघाट, गंगटे र ठुलोगाउँ लगाउतका स्थानमा खानेपानीको व्यवस्था सहज हुने बताइएको छ । डिप वोरिङ्गबाट ल्याइएको पानीलाई गंगटेमा ट्याङ्की निर्माण गरि गंगटे माझीटार,छापगाउँ,धन्सार,हसिनटार,वेलटारमा खानेपानी आपुर्ति गर्ने योजना बनाइएको छ । वोरिङ्गको पानीलाई एकसाता परिक्षण गरि त्यसपछि वितरणको व्यवपस्था मिलाउने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया