सूचना विधेयक खारेज गर्न सांसद लामाको माग
नुवाकोट असार १८, नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले कम्युनिस्ट सरकारले ल्याएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समावेश गरिएका सामाजिक सञ्जालसम्बन्धि सबै प्रावधान खारेज गर्न माग गरेका छन् ।
संसदको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा विधेयकमाथिको छलफलका क्रममा लामाले संविधान प्रतिकूल हुनेगरी आएको सामाजिक सञ्जालसम्बन्धि सबै प्रावधान खारेज गर्न सरकारसँग माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद लामाले सामाजिक सञ्जालमार्फत् अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने गरी आएको सो विधेयक मान्य नहुने चेतावनी दिँदै फरक मत पनि पेश गरेका छन् ।
संविधानको विरुद्धमा हुने गरी सामाजिक सञ्जाल फेसबुक लगायतमाथि प्रतिबन्ध लगाउने गरी आएको सो विधेयकमा सहमति जनाउन नसकिने भएकाले समितिमा आफूले फरक मत पेश गर्नु परेको सांसद लामाको भनाई छ । सांसद लामाले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई समेत हनन् हुने गरी संविधान विरोधी सो विधेयक मान्य नहुने चेतावनी पनि दिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भने सामाजिक सञ्जालको दुरुपयोग हुने गरेको उल्लेख गर्दै त्यसलाई सरकारले नियन्त्रण गरेर जान उपयुक्त हुने धारणा राखेका थिए ।
उनले आफूलाई नसोधी रतन्धो रोगी भएको समाचार सम्प्रेषण गरेको उल्लेख गर्दै यस ढंगले गलत समाचार सम्प्रेषण गर्नेहरुलाई नियन्त्रण गर्न सरकारले कानुन बनाउन आवश्यक रहेको पनि स्पष्ट पारे । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले सामाजिक सञ्जालको दुरुपयोग हुने क्रममा बढेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको पनि बताए । बैठकमा समितिका सदस्यहरुले विवादमा तानिएको सो विधेयक व्यापक परामर्श गरेर मात्रै पारित गर्नुपर्ने धारणा पनि राखेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया