दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा कार्तिकमा उपनिर्वाचन हुने

विदुर खबर २०७६ असार १८ गते २:०६

नुवाकोट असार १८, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा रित्त रहेको वडाअध्यक्षको पुर्ति गर्न आगामी कार्तिकमा उप निर्वाचन हुने भएको छ ।

Advertisement

दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुनबहादुर तामाङ महिला बेचविखन गरेको आरोपमा दोषी ठहरिएपछि सो वडा दुईवर्षदेखि वडाअध्यक्षविहिन भएको छ । वडामा वडाअध्यक्ष नहुँदा विकास निर्माण्का काम प्रभावित भइरहेको स्थानिबासीले बताएका छन । स्थानीय तहको पदावधि लगभग तीन वर्षभन्दा बढी बाँकी छ । कानुनले एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गराउन नपाउने व्यवस्था छ ।

निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उपनिर्वाचनको खाका बनाउने कार्य अघि बढाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार, आयोगले जनप्रतिनिधि रिक्त रहेको संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेको थियो । संघमा १, प्रदेशमा ३ र स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडाअध्यक्षको लागि उपनिर्वाचन गराउनुपर्ने छ । त्यसैगरी, नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त छन् ।

Advertisement

रिक्त पद
प्रतिनिधिसभा सदस्य – १
प्रदेशसभा सदस्य – ३
नगर उपप्रमुख – १
गाउ“पालिका अध्यक्ष– २
वडाध्यक्ष– ४३

स्थानीय तहका हकमा वडाध्यक्षको उपनिर्वाचन गराउने कानुनी व्यवस्था नै थिएन । हालसालै स्थानीय तह निर्वाचन ऐन संशोधन गरी त्यसको व्यवस्था गरिएको छ । आयुक्त इश्वरीप्रसाद पौडेलले स्थानीय तहको उपनिर्वाचनको मिति तोक्ने जिम्मेवारी सरकारको भएकाले तोकिएको मितिमा निर्वाचन गराउन आयोग तयार रहेको बताए ।

Advertisement

प्रतिक्रिया