दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा कार्तिकमा उपनिर्वाचन हुने
नुवाकोट असार १८, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा रित्त रहेको वडाअध्यक्षको पुर्ति गर्न आगामी कार्तिकमा उप निर्वाचन हुने भएको छ ।
दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुनबहादुर तामाङ महिला बेचविखन गरेको आरोपमा दोषी ठहरिएपछि सो वडा दुईवर्षदेखि वडाअध्यक्षविहिन भएको छ । वडामा वडाअध्यक्ष नहुँदा विकास निर्माण्का काम प्रभावित भइरहेको स्थानिबासीले बताएका छन । स्थानीय तहको पदावधि लगभग तीन वर्षभन्दा बढी बाँकी छ । कानुनले एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन गराउन नपाउने व्यवस्था छ ।
निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उपनिर्वाचनको खाका बनाउने कार्य अघि बढाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार, आयोगले जनप्रतिनिधि रिक्त रहेको संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेको थियो । संघमा १, प्रदेशमा ३ र स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडाअध्यक्षको लागि उपनिर्वाचन गराउनुपर्ने छ । त्यसैगरी, नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त छन् ।
रिक्त पद
प्रतिनिधिसभा सदस्य – १
प्रदेशसभा सदस्य – ३
नगर उपप्रमुख – १
गाउ“पालिका अध्यक्ष– २
वडाध्यक्ष– ४३
स्थानीय तहका हकमा वडाध्यक्षको उपनिर्वाचन गराउने कानुनी व्यवस्था नै थिएन । हालसालै स्थानीय तह निर्वाचन ऐन संशोधन गरी त्यसको व्यवस्था गरिएको छ । आयुक्त इश्वरीप्रसाद पौडेलले स्थानीय तहको उपनिर्वाचनको मिति तोक्ने जिम्मेवारी सरकारको भएकाले तोकिएको मितिमा निर्वाचन गराउन आयोग तयार रहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया