घुससहित पक्राउ परेका एमालेका पूर्व सांसद भ्रष्टाचारी ठहर
नुवाकोट असार १८, सर्वोच्च अदालतले तत्कालीन एमालेका पूर्वसांसद डोलबहादुर कार्कीलाई घुसकाण्डमा दोषी ठहर गरेको छ।
रंगेहात घुससहित पक्राउ परेका उनलाई न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले मंगलबार दोषी ठहर गरेको हो। सर्वाेच्चले घुसकाण्डमा पहिलो संविधानसभामा एमाले सांसद रहेका कार्कीसहित स्वामी ब्रह्मानन्द उदासीनलाई पनि दोषी ठहर गरेको छ। उनीहरूले ४ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो। सोमध्यै स्वामीको निवासबाट १ लाख रुपैयाँ बरामद भएको थियो। सो १ लाख रुपैयाँ असुल उपर गर्न समेत सर्वोच्चले आदेश जारी गरेको हो।
एमाले सांसद रहेका कार्कीले स्वामीसँग मिलेर प्रहरी इन्स्पेक्टर बनाइदिन्छु भन्दै घुस लिइरहेका बेला रंगेहात पक्राउ परेका थिए। स्याङ्जाका उनलाई एमालेले घुससहित पक्राउ गरेपछि निलम्बन गरेको थियो। विशेष अदालतले उनलाई २०६७ चैतमा दोषी ठहर गर्दै ६ महिना कैदको फैसला सुनाएको थियो। त्यस विरुद्ध उनी २०६८ जेठ २४ गते सर्वोच्च आएका थिए। मंगलबार सर्वोच्चले फैसला सुनाउँदै विशेषको फैसला सदर गरेको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु





प्रतिक्रिया