सडक दुर्घटना न्युनीकरण गर्न विदुरमा कन्भेक्स ऐना राखियो
नुवाकोट असार ११, सडक दुर्घटना न्युनीकरण गर्न विदुरको नेपाल बैंक अगाडी कन्भेक्स ऐना राखिएको छ ।
नुवाकोट चेम्बर अफ कर्मसको आर्थिक सहयोगमा ऐना रािखएको हो । सो ऐनाको विदर नगरपालिकाका मेयर सञ्जु पण्डितले उद्घाटन गरेका थिए । कार्यक्रममा विदुर नगरपालिकाका मेयर पण्डितले नगर क्षेत्रको विभिन्न स्थानमा दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरि नगरपालिकाको अन्य स्थानमा पनि ऐना राख्ने बताए । मेयर पण्डितले अन्य स्थानमा पनि विभिन्न संघसंस्थाको सहकार्यमा सो ऐना राख्ने बताए ।
कार्यक्रममा नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कविन्द्रमान प्रधानले आफुहरको सामाजिक उत्तरदायित्व अन्तगर्त दुर्घटना न्युनीकरण गर्न कन्भेक्स ऐना राख्न सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा चेम्बरले निरन्तर सहयोग गर्ने बताए । कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख विकल भट्टराईले सडक दुर्घटना न्यनीकरण गर्न विभिन्न स्थानमा कन्भेक्स ऐना राख्नुपर्ने भएपनि चेम्बरको सहयोगमा तीनओटा ऐना राख्न लागिएको बताए । उनले केही दिनमा विदुर नगरपालिकाको गिंगटे र बान्द्रेमा समेत ऐना राख्न लागिएको जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया