सडक दुर्घटना न्युनीकरण गर्न विदुरमा कन्भेक्स ऐना राखियो

विदुर खबर २०७६ असार ११ गते ५:३८

नुवाकोट असार ११, सडक दुर्घटना न्युनीकरण गर्न विदुरको नेपाल बैंक अगाडी कन्भेक्स ऐना राखिएको छ ।

Advertisement

नुवाकोट चेम्बर अफ कर्मसको आर्थिक सहयोगमा ऐना रािखएको हो । सो ऐनाको विदर नगरपालिकाका मेयर सञ्जु पण्डितले उद्घाटन गरेका थिए । कार्यक्रममा विदुर नगरपालिकाका मेयर पण्डितले नगर क्षेत्रको विभिन्न स्थानमा दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरि नगरपालिकाको अन्य स्थानमा पनि ऐना राख्ने बताए । मेयर पण्डितले अन्य स्थानमा पनि विभिन्न संघसंस्थाको सहकार्यमा सो ऐना राख्ने बताए ।

कार्यक्रममा नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कविन्द्रमान प्रधानले आफुहरको सामाजिक उत्तरदायित्व अन्तगर्त दुर्घटना न्युनीकरण गर्न कन्भेक्स ऐना राख्न सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा चेम्बरले निरन्तर सहयोग गर्ने बताए । कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख विकल भट्टराईले सडक दुर्घटना न्यनीकरण गर्न विभिन्न स्थानमा कन्भेक्स ऐना राख्नुपर्ने भएपनि चेम्बरको सहयोगमा तीनओटा ऐना राख्न लागिएको बताए । उनले केही दिनमा विदुर नगरपालिकाको गिंगटे र बान्द्रेमा समेत ऐना राख्न लागिएको जानकारी दिए ।

Advertisement

प्रतिक्रिया