दुप्चेश्वरमा गर्भवती महिलाको घरमा झण्डा र हातमा अण्डा कार्यक्रम शुरु

विदुर खबर २०७६ असार १० गते १५:२०

नुवाकोट असार १०, दुप्चेश्वर गाउँपालिकाको छैठौं गाउँ सभाले गर्भवती महिलाको घरमा झण्डा र हातमा अण्डा कार्यक्रम शुरु गर्ने निर्णय गरेको छ ।

Advertisement

मंगलबार गाउँपालिकालको कार्यालयमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सो कार्यक्रम ल्याइएको गाउँपालिकाको कार्यालयले जनाएको छ । मंगलबार गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले ३३ करोड ८ लाख ५१ हजारको बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालुतर्फ ४ करोड ८५ लाख ६३ हजार ७ सय ५० र पूँजीगततर्फ १४ करोड ५६ लाख ९१ हजार २ सय ५० रहेको छ । निति तथा कार्यक्रममा कृषि पकेट क्षेत्रहरु घोषणा, एक घर पाँच फलफुलका विरुवा कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने अध्यक्ष योविन्द्रसिंह तामाङ जानकारी दिए । उनले एक वडा एक कृषि प्राविधिक, एक घर ४ भैसी कार्यक्रमलाई प्रभावकारी बनाउने बताए ।

त्यस्तै स्वास्थ्य संस्थामा प्रसुति, सुरक्षित मातृत्वको प्रत्याभूति र गर्भवती महिलाको घरमा झण्डा र हातमा अण्डा कार्यक्रम अघि सारिएको उपाध्यक्ष आचार्यले बताइन् । पर्यटन पूर्वाधार, समृद्ध दुप्चेश्वरको आधार, दुप्चेश्वर महादेव तथा गोसाइकुण्ड जोड्ने गरी केवलकार निर्माणको लागि निजि क्षेत्रसँग सहकार्य जस्ता कार्यक्रमहरु तय गरिएको तामाङले बताए । उप्रादेखि कुतुङखोलासम्मको तादी खोलामा फिसिङ जोन घोषणा र एकिकृत पर्यटन संग्रहालय निर्माण गरिने निति तथा कार्यक्रममा उल्ल्ेख छ । त्यस्तै व्यवसायिक शिक्षा, प्राविधिक शिक्षा तथा नैतिक शिक्षामा जोड दिई शून्य शारीरिक तथा मानसिक दण्ड लगायतलाई नीति तथा कार्यक्रमले समेटिएको छ ।

Advertisement

प्रतिक्रिया