तालिमपछि आत्मनिर्भर बन्न प्रदेश सांसद पाण्डेको आग्रह
नुवाकोट असार ८, प्रदेश नम्बर ३ का सांसद केशव पाण्डेले तालिमपछि आत्मनिर्भर बन्नुपर्ने बताएका छन ।
आईतबार सचेतन संजाल विदुरले आयोजना गरेको शिला अनावरण तथा ३ महिने सिलाई कटाई तालिमको उद्घाटन गर्दे उनले सो कुरा बताएका हुन । प्रदेशसभा सदस्य पाण्डेले सिकेको सीपले व्यवसायिक रुप लिएमात्र तालिमले सार्थकता पाउने बताए । उनले प्रदेश नम्बर ३ सरकारले छोरी बुहारी कार्यक्रम ल्याएको भन्दै सबै मिलेर सरकारको कार्यक्रमलाई सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा सचेतन सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पशुपति कोइरालाले तालिमले दक्ष जनशक्ति उत्पादन हुने आशा व्यत्त गरे । उनले तालिमको भरपुर सदुपयोग गर्न सहभागीलाई आग्रह गरे । त्यस्तै सो कार्यक्रममा समाज सचेतन केन्द्रका नुवाकोटका संस्थापक अध्यक्ष यमकुमार खातीले निकै संघर्ष गरेर संस्थाको भवन निर्माण गरिएको बताए ।
त्यस्तै तीन महिने सिलाई कटाई तालिममा ६० जना महिलाहरु सहभागि भएका छन । उनीहरुलाई तीन सत्रमा प्रशिक्षणको व्यवस्था गरिएको सचेतन सामुदायिक सिकाई केन्द्रले जनाएको छ ।
कार्यक्रममा सचेतन सामुदायिक भवन कार्यक्रममा सहयोग पुराउने दानवीरहरुको सम्झनास्वरुप शिला अनावरण समेत गरिएको छ । शिलामा ५ हजार रुपैयाँभन्दा बढी रकम सहयोग गर्ने एकसय २६ जनाको नाम समावेश गरिएको सचेतन पुस्तकालयका अध्यक्ष सन्तोष खनालले जानकारी दिए । यसअघि गतवर्षहरुमा पनि सचेतन सामुदायिक सिकाई केन्द्रले सिलाई कटाई तालिमको आयोजना गरेको थियो । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया