तालिमपछि आत्मनिर्भर बन्न प्रदेश सांसद पाण्डेको आग्रह

नुवाकोट असार ८, प्रदेश नम्बर ३ का सांसद केशव पाण्डेले तालिमपछि आत्मनिर्भर बन्नुपर्ने बताएका छन ।
आईतबार सचेतन संजाल विदुरले आयोजना गरेको शिला अनावरण तथा ३ महिने सिलाई कटाई तालिमको उद्घाटन गर्दे उनले सो कुरा बताएका हुन । प्रदेशसभा सदस्य पाण्डेले सिकेको सीपले व्यवसायिक रुप लिएमात्र तालिमले सार्थकता पाउने बताए । उनले प्रदेश नम्बर ३ सरकारले छोरी बुहारी कार्यक्रम ल्याएको भन्दै सबै मिलेर सरकारको कार्यक्रमलाई सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा सचेतन सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पशुपति कोइरालाले तालिमले दक्ष जनशक्ति उत्पादन हुने आशा व्यत्त गरे । उनले तालिमको भरपुर सदुपयोग गर्न सहभागीलाई आग्रह गरे । त्यस्तै सो कार्यक्रममा समाज सचेतन केन्द्रका नुवाकोटका संस्थापक अध्यक्ष यमकुमार खातीले निकै संघर्ष गरेर संस्थाको भवन निर्माण गरिएको बताए ।
त्यस्तै तीन महिने सिलाई कटाई तालिममा ६० जना महिलाहरु सहभागि भएका छन । उनीहरुलाई तीन सत्रमा प्रशिक्षणको व्यवस्था गरिएको सचेतन सामुदायिक सिकाई केन्द्रले जनाएको छ ।
कार्यक्रममा सचेतन सामुदायिक भवन कार्यक्रममा सहयोग पुराउने दानवीरहरुको सम्झनास्वरुप शिला अनावरण समेत गरिएको छ । शिलामा ५ हजार रुपैयाँभन्दा बढी रकम सहयोग गर्ने एकसय २६ जनाको नाम समावेश गरिएको सचेतन पुस्तकालयका अध्यक्ष सन्तोष खनालले जानकारी दिए । यसअघि गतवर्षहरुमा पनि सचेतन सामुदायिक सिकाई केन्द्रले सिलाई कटाई तालिमको आयोजना गरेको थियो । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया