नुवाकोटमा भ्रष्टाचारविरुद्ध साझा विवेकशीलको पार्टीको अभियान

नुवाकोट असार ८, साझा विवेकशील पार्टी नुवाकोटको आयोजनामा भ्रष्टाचार र कु शासन विरोधि जनचेतना मुलक कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
पार्टीले आईतबार पार्टी कार्यालय विदुरदेखि ढुङेसम्म प्रचार समाग्री बाँड्दै तथा भ्रष्टाचारी जेल परुन नारा अंकित टिसर्ट लगाई भ्रष्टाचारविरुद्धको अभियान संचालन गरेको हो । साझा विवेकशील पार्टी नुवाकोटका अध्यक्ष दामोदर नेपालले भ्रष्ट्राचारको अन्त्य गर्न अभियान संचालन गरेको बताए । उनले देश विकास निर्माणमा पछाडि पर्नुको मुख्य कारण नै भ्रष्टाचार व्याप्त रहेकोले भन्दै अभियान संचालन गरिएको बताए । उनले सरकारी कार्यालयमा असार महिना लागेपछि विकास निर्माणको काममा बढी पैसा खर्च हुने गरेको भन्दै राज्य दोहनलाई बन्द गर्नुपर्ने बताए ।
सरकारी कार्यालयमा हुने गरेका अवैध कामहरु रोक्न जनता आफै सचेत नभएसम्म भ्रष्टचार, ढिलासुस्ती सधै रहने विवेकशील साझा पार्टीले जनाएको छ । यसैबिच विवेकशिल साझा पार्टीले अनलाइनमार्फत सदस्यता वितरणलाई तिव्र पारेको छ । विवेकशील साझा पार्टीको नुवाकोटमा ३ सयभन्दा बढी कार्यकर्ता रहेका छन । जसमध्ये अनलाईनबाट सदस्यता लिनेको संख्या भने आउन बाँकी रहेको साझा विवेकशील पार्टी नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया