विप्लव माओवादीद्धारा १० गते नेपाल बन्दको आह्वान

विदुर खबर २०७६ असार ६ गते १३:२६

नुवाकोट असार ६, सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

Advertisement

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले ४ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । मुठभेडका नाममा सरकारले देशव्यापी रुपमा निशस्त्र कार्यकर्तामाथि हत्याश्रृंखला बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनका कार्यक्रमहरु अन्तर्गत आसार ७ गते प्रचार–प्रसार, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।

Advertisement

प्रतिक्रिया