विदुर नगरपालिका वडा नम्बर १२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु
विदुर खबर
२०७६ असार ६ गते १२:२५

नुवाकोट असार ६, विदुर नगरपालिका वडा नम्बर १२ को गौरीवेशीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत शुक्रबारबाट काम शुरु भएको छ ।
कार्यक्रममा वडा नम्बर १२ का ६० जनाको सहभागिता रहेको वडा कार्यालयले जानकारी दिएको छ । प्रत्येक दिन सहभागिले ६ घण्टा काम गर्नुपर्ने र काम गरे वापत प्रतिदन ५ सय १७ रुपैयाँ ज्यला तोकिएको वडा नम्बर १२ का रोजगार संयोजक सरोज घिमिरेले विदुरखबरलाई बताए । यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नुवाकोटको विभिन्न गाउँपालिकामा काम शुरु भइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया