सुनको मुल्यले किर्तिमान कायम गर्दा नुवाकोटमा खरिद ठप्प

विदुर खबर २०७६ असार ६ गते ११:४५

नुवाकोट असार ६, ईतिहासमै धेरै मुल्य कायम भएपछि सुनको बिक्री ठप्प भएको छ ।
मुल्य बढेसँगै सुन किन्ने ग्राहक नआउँदा बिक्री ठप्प भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ तोकिएको छ भने बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार ६३ हजार प्रतितोलामा कारोेबार भएको छापावाल सुनको एकै दिन एक हजार रुपैयाँले बढेर बिहिबार नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले नेपाली सुनको मुल्य व्यवसायको इतिहासमा सबैभन्दा उच्च रहेको बताए । प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बजेटमा एक हजार कर थपिए पछि ६० हजार पुगेको थियो ।

Advertisement

इरान र अमेरिकाबीच चर्किदो विवाद तथा अमेरिका चीन व्यापार युद्धलगायतका कारणले सुनको मूल्य प्रभावित भएको बताइएको छ । सुनको मुल्यले किर्तिमान कायम गरेपछि बजारमा सुन खरिद गर्ने मानिसनै नभएको बट्टारका एक व्यापारीले बताए । असार महिनामा विहे बढी हुने भएपनि बजार क्षेत्रमा सुन खरिद गर्न नभई बिक्री गर्नेको भिड लागेको छ ।

प्रतिक्रिया