सदरमुकाम केन्द्रित कार्यक्रम नबनाउन जिसस प्रमुख तामाङको आग्रह
नुवाकोट असार ५, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले स्थानीय तहको लागि सामाजिक संघसस्थाले आयोजना गर्ने कार्यक्रमलाई सदरमुकाम केन्द्रित नबनाउन आग्रह गरेका छन ।
पारस्परिक जवाफदेहिता परियोजना गन्तर्गत रहेर सामुदायिक विकास केन्द्र नेपालले बुधबार आयोजना गरेको खुल्ला साझेदारी सम्वन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङले संघसस्थाहरुले काम गाउँगाउँमा गर्ने तर विशेष कार्यक्रम सदरमुकाममा गर्दा लक्षित समूहहरु प्रति अन्याय हुने बताए । उनले स्थानीय तहका जनप्रतिनिधिहरु विभिन्न राजनैतिक दल र समूहबाट आएकोले अहिले नै आफूलाई सामुहिक व्यक्तिहँु भनेर नस्वीकारिसकेको अवस्थामा सामाजिक संघसस्थाले विशेष उदेश्य लिएर स्थानीय तह सञ्चालन गरिरहेका अंगहरुलाई नागरिकको माफमा ल्याउन सके प्रतिफल निस्कने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सरकार एकातिर नागरिक अर्को तिर लाग्दा राज्यले प्रवाह गर्न सेवा प्रभावकारी नहुने उल्लेअ गरे । प्रजिअ पोखरेलले नागरिक समाजले आफूलाई पनि सरकारको एक भाग ठानेर सरकारको हरेक गतिविधिलाई नजिबाट नियाल्नुपर्ने भन्दै जनप्रतिनिधिको साथ लिएर नागरिक समाजले सरकारको विकासात्मक कामलाई पूरा गर्न सहजिकरण गरिरहनु पर्ने बताए । कार्यक्रममा तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवि रिमाल, किस्पाङ गाउँपालिकाका उपाध्यक्ष मायादेवि न्यौपाने, किस्पाङ ४ का वडा अध्यक्ष एकराज घले लगायतले स्थानीय तहमा आवस्यक कर्मचारी नहुदा दिल खुला गरेर जनताको काम गर्न नपाइरहेको बताएका छन् । नागरिक समाजबाट जनप्रतिनिधिको कारण काम बन्न नसकेको भन्ने आरोप खेप्नुपर्ने र नागरिक समाज नै एकजुट नहुदा समस्या भइरहेको उनीहरुले बताए ।
अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका यमकुमार खाती, नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, नेपाली काङ्ग्रेसका नेतृ विन्दा अर्याल, गैर सरकारी सस्थाका अध्यक्ष मिनकुमार केसी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डित, नागरिक समाज नुवकोटका सचिव शिव देकोटा लगायतले पारदर्शिता, जवाफदेहिताको क्षेत्रबारे आवाज उठाइरहने संघसस्थाबाट नै पारदर्शिता नभइरहेको आरोप लगायका छन् । सो कार्यक्रममा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष नारायण नेपाल, सस्थापक अध्यक्ष विष्णुराज नेपाल, सचिव दुगाप्रसाद ढुङ्गेल, पारस्परिक जवाफदेहिता परियोजनाको जिल्ला संयोजक लक्ष्मी फूयाँलले सेवा प्रदायक, सेवा ग्राही, नागरिक समाज, जनप्रतिनिधि, राजनैतिक दल सबैलाई एकै ठाउँमा ल्याएर साझेदारी मार्फत सेवा प्रवाहलाई पारदर्शिता बनाउने काम गरिरहेको बताएका छन् । अन्तरक्रिया कार्यक्रममा एफ् एच् आई थ्रि सिक्टिका टंक अर्यलले आफ्नो प्रस्तुति मार्फत स्थानीय सरकारले स्थानीय जनशक्तिलाई सहि रुपमा सदुपयोग गर्न सके कर्मचारीको अभावमा सेवा प्रवाह रोकिएको गुनासो गर्न नपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया