किन भयो नेकपा नुवाकोट बैठक स्थगित

विदुर खबर २०७६ असार ४ गते ४:२६
फाईल फोटो

नुवाकोट असार ४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको जिल्ला संगठन कमिटिको दोस्रो बैठक स्थगित भएको छ ।

Advertisement

आगामी असार ७ गते शहिद प्रतिष्ठान ढुङ्गेमा बस्ने भनिएको बैठक प्राविधिक कारणले बैठक केही दिन पछाडि सारिएको नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिए । प्राविधिक कारणले बैठक स्थगित भएको भनिएपनि नेताहरुको कार्यव्यस्थताले बैठक स्थगित भएको बुझिएको छ । प्रदेश नम्बर ३ ले सार्वजनिक गरेको बजेटको विषयमा बुधवारबाट छलफल शुरु भएको र नुवाकोटमा रहेका स्थानिय तहले असार १० गते निति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेकोले बैठक स्थगित भएको अध्यक्ष खतिवडाले बताए । उनले सबैसँग छलफल गरेर बैठकको अर्काे मिति छिट्टै सार्वजनिक गरिने बताए ।

गत जेठ १६ गते वसेको बैठकले आगामी शनिवार ७ गते बैठक वस्ने निर्णय गरेको थियो । तत्कालिन एमाले र माओवादी एक भएर वनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट प्रतिनिधि एकसय ४५ सदस्सीय छ । कमिटिमा तत्कालिन एमालेबाट ७४ र माओवादीबाट ७१ जना रहेका छन । नेकपा नुवाकोटको अध्यक्षको जिम्मा तत्कालिन माओवादीका नेता हिरानाथ खतिवडा र सचिवको जिम्मा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडालाई दिइएको छ ।

Advertisement

प्रतिक्रिया