प्रधानमन्त्रि रोजगार कार्यक्रम : नुवाकोटको लिखुमा खेलमैदान मर्मत

विदुर खबर २०७६ असार ३ गते १४:३३

नुवाकोट असार ३, नुवाकोटको लिखु गाउँपालिका–५ कल्छेपाखास्थित फुटबल खेल मैदानको मर्मत तथा सम्भारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत दश जनाले काम शुरु गरेका छन ।

Advertisement

उनीहरुलाई दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काम गरेवापत प्रति व्यातिm रु ६३० का दरले ज्याला दिइनेछ । लिखु गाउँपालिका–५ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठले गाउँपालिकामा रोजगार कार्यक्रमका लागि रु ११ लाख बजेट आएकोमा प्रत्येक वडालाई रु एक लाख ३५ हजार रकम विनियोजन गरिएको बताए । वडा कार्यालयमा १ सय ३३ स्थानीयवासीले रोजगारका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये १० जनालाई काममा लगाई प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको श्रेष्ठले बताए ।

खेलमैदान मर्मत सम्भारको काम सकिएपछि तिनै रोजगारदातालाई वडामा भत्काएका कुलो, धारा, खानेपानीका मुहान, सडक, बाटो, मठ मन्दिर, पाटीपौवा, विद्यालय, सार्वजनिक चौतारालगायतको मर्मत सम्भारका काममा लगाइने लिखु गाउँपालिकाको रोजगार संयोजक सोनु खनालले जानकारी दिए ।

Advertisement

रासस

प्रतिक्रिया