प्रधानमन्त्रि रोजगार कार्यक्रम : नुवाकोटको लिखुमा खेलमैदान मर्मत
नुवाकोट असार ३, नुवाकोटको लिखु गाउँपालिका–५ कल्छेपाखास्थित फुटबल खेल मैदानको मर्मत तथा सम्भारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत दश जनाले काम शुरु गरेका छन ।
उनीहरुलाई दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काम गरेवापत प्रति व्यातिm रु ६३० का दरले ज्याला दिइनेछ । लिखु गाउँपालिका–५ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठले गाउँपालिकामा रोजगार कार्यक्रमका लागि रु ११ लाख बजेट आएकोमा प्रत्येक वडालाई रु एक लाख ३५ हजार रकम विनियोजन गरिएको बताए । वडा कार्यालयमा १ सय ३३ स्थानीयवासीले रोजगारका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये १० जनालाई काममा लगाई प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको श्रेष्ठले बताए ।
खेलमैदान मर्मत सम्भारको काम सकिएपछि तिनै रोजगारदातालाई वडामा भत्काएका कुलो, धारा, खानेपानीका मुहान, सडक, बाटो, मठ मन्दिर, पाटीपौवा, विद्यालय, सार्वजनिक चौतारालगायतको मर्मत सम्भारका काममा लगाइने लिखु गाउँपालिकाको रोजगार संयोजक सोनु खनालले जानकारी दिए ।
रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया