द्वन्द्व रुपान्तरण केन्द्रमार्फत नुवाकोटमा १८ सय मुद्धाको किनारा


फाईल फोटो
नुवाकोट असार २, नुवाकोटको १२ स्थानीय तहमा सञ्चालित प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले १८ सय विवाद मिलाएको छ । भूकम्पपछि सञ्चालनमा आएको सो केन्द्रले जिल्लाका १२ वटै स्थानीय निकायमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याएको छ । जिल्लाका ८८ वडामा मेलमिलाप कर्ता र संयोजक राखी नागरिकका आपसी मनमुटाव, साँध सदियार मापन, जग्गा जमीन, कुलो पानी, धारा, बाटो, घरायसी समस्या, घरेलु हिसांलगायतका निवेदनलाई सहजीकरण गर्दै आइरहेको छ ।
हालसम्म एक हजार नौ सय निवेदन परेको सो केन्द्र नुवाकोटका संयोजक सीताराम पौडेलले बताउनुभयो । संयोजक पौडेल भन्नुहुन्छ, “ साँध, कुलो,जग्गा जमीन, बाटो, घरायसी समस्यालगायतका विषयमा बढी निवेदन आइरहेका छन्” । उहाँ भन्नुहुन्छ, “ भूकम्पपछि १९ सय निवेदन आएकोमा एक हजार ८०० वटा हामीहरुले मिलाएर पठाएका छौ” ।
केन्द्र सञ्चालनमा आएपछि नुवाकोटका नागरिकलाई अदालत र प्रहरी धाउनुपर्ने समस्या न्यूनीकरण भएको संयोजक पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षको वैशाखसम्म पाँच सय ८ निवेदन आएकोमा ४८५ वटा मिलाएर पठाइएको छ भने २३ वटा निवेदनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला अदालत पठाइएको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को ‘ख’ मा उल्लेख भए अनुसार ११ प्रकारका विवादलाई मिलाउन र हेर्न पाउने प्रावधान रहेको छ ।
(रासस)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया