करोडौं मूल्यका अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान
२१ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमण गरिएको सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान थालेको छ । सोमबार वडा नं. ३ को वडा भवनसँगै जोडिएको साढे ६ आना जग्गा फिर्ता लिएर अभियानको थालनी गरिएको छ ।
सो जग्गामा होटलले बनाएको एकतले भवनलाई सार्वजनिक सम्पत्तिका रुपमा घोषणा गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले अब सार्वजनिक जग्गालाई खुल्ला स्थानका रुपमा राखिने प्रतिवद्धता जनाए ।
‘०७२ सालको भूकम्पले हामीलाई ठूलो पाठ पढाएको छ,’ मेयर शाक्यले भने,’सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन र आपत् विपद्मा आश्रय लिन पनि खुल्ला स्थानको संरक्षण गर्न जरुरी छ । हामीले त्यसको लागि अभियान थाल्यौं ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले सहरी जीवन व्यवस्थापन सहजताका लागि थालिएको अभियानलाई सकारात्मक लिन र अभियानमा सहभागी हुन सहरबासीलाई आग्रह गरे ।
उनले अहिले कति सार्वजनिक जग्गा अतिक्रमणमा परेका छन् भन्ने एकीन तथ्यांक महानगरसाग नभएको बताए ।
तर, विभिन्न वडा कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका अतिक्रमकित सार्वजनिक जग्गाको खोजी सुरु गरेका छन् । अहिले काठमाडौंमा अर्बौं मूल्यबाराबरको सार्वजनिक जग्गा विभिन्न व्यक्ति, समूह र संघसंस्थाले अतिक्रमण गरेको अनुमान छ ।
वडा नं. ३ मा मात्र पनि २०० रोपनीभन्दा बढी सार्वजनिक जग्गा छ । वडा नं. ३ का वडाध्यक्ष दीपक केसीले भने,’आज फिर्ता भएको जग्गा करीव ७ करोड मूल्य बराबरको हो ।
यससँगै विश्वहिन्दू महासंघले प्रयोग गरेको २२ रोपनी र गायत्री समाजले प्रयोग गरिरहेको ४२ आना जग्गा पनि तत्कालै सार्वजनिक प्रयोजनामा फिर्ता ल्याउँदैछौं ।’
वडा नं. ३ मा १३६ रोपनी सार्वजनिक जग्गा रानीबारी पार्कले ओगटेको छ । यसबाहेक चालु आर्थिक वर्षमा यो वडाले १ अर्व मूल्य बराबरको यस्ता जग्गा सार्वजनिक उपयोगमा फिर्ता गराउने लक्ष्य राखेको केसीले बताए ।
महानगरका प्रशासकीय अधिकृत शर्मा महानगरभित्रका सार्वजनिक जग्गा संरक्षण र उचित उपयोगका लागि अभियान थालिएको बताउँछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया