पन्चकन्या गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई परिचयपत्र दिन थाल्यो

विदुर खबर २०७६ असार १ गते १३:५२

नुवाकोट असार १, पन्चकन्या गाउँपालिकाले गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिक्षण गरी परिचयपत्र वितरण शुरु गरेको छ ।

Advertisement

गाउँपालिकाको कार्यालय घलेभञ्याङमा आईतबार महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा अपाङ्गता परिचय पत्र वितरण सम्बन्धी तीन दिने कार्यक्रमको शुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन गाउँपालिकाका प्रमुख रमेश तामाङ, उपप्रमुख सिता पराजुलीले संयुत्त रुपमा गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङले गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिको पहिचान गरेर विभिन्न सेवा सुविधा उपलब्ध गराउन कार्ड वितरणको कार्यक्रम संचालन गरिएको जानकारी दिए ।

पहिलो दिनमा एकजनालाई रातो , ११ जनालाई निलो, आठ जनालाई पहेँलो र आठ जनालाई नै सेतो गरी २८ जनालाई कार्ड वितरण गरिएको गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष मणि लामिछानेले जानकारी दिए । परिचयपत्र वितरण गर्ने कार्यक्रम मंगलबारसम्म संचालन हुने गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया