जनतालाई रिजाउन नसक्दा तीनै तहको निर्वाचनमा हार व्यहोर्नु परेको देउवाको भनाई

विदुर खबर २०७६ असार १ गते ३:२८

नुवाकोट असार १, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले जनतालाई रिझाउन नसक्दा पार्टीले तीनै तहमा पराजय ब्यहोर्नु परेको बताएका छन ।

लिखु गाउँपालिका–४ को चौघडामा नेपाली कांग्रेस क्षेत्र नम्बर १ र २ को संयुक्त आयोजनामा भएको क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै देउवाले जनतालाई रिजाउन नसक्दा तीनै तहको निर्वाचनमा हार व्यहोर्नु परेको बताएका छन्।

‘जनता मालिक हो, चाकडी गर्नुपर्छ। चुनाव लड्दा जनतालाई सम्झाई बुझाई गरेर आफ्नो पक्षमा ल्याउनुपर्छ। जनतालाई धम्क्याएर, नोेकरको जस्तो व्यवहार गरेर चुनाव जितिदैन्’ देउवाले भने ‘बारम्बार एकै परिवारका व्यक्तिहरु चुनावमा उठिरहनु हुदैन। अन्यलाई पनि अवसर दिनुपर्छ।’

केपी ओली नेतृत्वको सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरेको बताएका छन्। प्रजातन्त्रले अन्याय भयो भनेर लेख्न र बोल्न दिने भएपनि सरकारले शरिरमा चोट लागे पनि ऐयासम्म भन्न नदिने सरकारले कदम चालिरहेको बताएको छ। ‘पहिले नै कम्युनिष्ट सरकार आएपछि बोल्न लेख्न पाइदैन भनेको थिए अहिले त्यहि भएको छ। मन नपरेको चिजलाई मुर्दावाद भन्न पाउनुपर्छ भनेर क्रान्ति गरी प्रजातन्त्र ल्याएका हौँ’ उनले भने, ‘आफ्नो पक्षलाई पोस्न सरकार व्यस्त  छ। त्यसको सधै भण्डाफोर गरिरहन्छौँ। त्यसमा जनताको साथ पाइरहन्छौँ।’

यस्तै कार्यक्रममा उपसभापति विजयकुमार गच्छादारले नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड पहिले जसरी मिल्दैन थिए उसैगरी उनीहरुमा विखण्डन आएरै छाड्ने बताएका छन्। ‘विकासको ढोल पिट्दैछ सरकार। रेलको नाम लिएर जनतालाई भुलाइरेको छ। जनतालाई पानी जहाज चाहिएको होइन खानेपानी र सिचाईं चाहिएको छ।’

कार्यक्रममा सहमहामन्त्री डाक्टर प्रकाशरण महत, केन्द्रिय सदस्यहरु महालक्ष्मी उपाध्याय डिना, गुरुराज घिमिरे, बहादुरसिंह लामा तामाङ, जिल्ला सभापति जगदीश्वरनरसिंह केसीलगायतले एक महिना चलेको जागरण अभियानले जनतामा कांग्रेसको भविष्य उज्ज्वल रहेको सन्देश गउँगाउँमा पुगेको बताएका छन्।

Advertisement

प्रतिक्रिया