साञ्जेन खोला हाइड्रोमा इन्भेष्टमेन्ट बैंककोे नेतृत्वमा तीन बैकले लगानी गर्ने

नुवाकोट जेठ ३२, रसुवा जिल्लाको साञ्जेन खोलामा निर्माण हुने साज्जेन खोला जलविद्युत आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंककोे नेतृत्वमा तीन बैकले लगानी गर्ने भएका छन ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेड(एनआइबिएल) र यसका साझेदार बैंकहरुबीच ७८ मेगावाटको साञ्जेन खोला जलविद्युत आयोजनामा सिण्डिकेटेड फ्यासिलिटीजको सम्झौता(परियोजना ऋण सम्झौता) भएको छ।
यो आयोजना चाइना हार्बर इञ्जिनियरिङ कम्पनीद्वारा प्रवद्र्धित सालासुङ्गी पावर लिमीटेडले निर्माण गर्नेछ ।शुक्रबार भएको सम्झौता समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंकको साथमा कुमारी बैंक र सिटिजन बैंकले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरेका हुन् । आयोजना रन अफ दि रिभरमा आधारित आयोजना हो, जुन रसुवा जिल्लाको साञ्जेन खोलामा निर्माण हुनेछ ।
यो आयोजनाको डिजाइन डिस्चार्ज ९.१० क्यूमेकप्रति सेकन्ड रहने र नेट हेड करिब १००० मिटर रहनेछ । यो आयोजनाको कुल लागत रु. १३.२ अर्ब र सोमा ७०ः३० को डेब्ट इक्वीटी अनुपात रहनेछ । आयोजनामा ९२ प्रतिशत इक्वीटी चाइना हार्बर इञ्जिनियरिङ कम्पनीको र ८ प्रतिशत नेपाली साझेदारहरुको रहनेछ ।
प्रतिक्रिया