नुवाकोटका निर्माण व्यवसायीको आन्दोलन स्थगित

विदुर खबर २०७६ जेठ २९ गते १:००

नुवाकोट जेठ २९, सरकारले गत वैशाख ३० गते राजपत्रमा प्रकाशित गरेको सार्वजनिक खरिद (छैठौ शंशोधन) नियमावलीमा समावेश केही बुँदाहरुप्रति आपत्ति जनाउँदै आईतबारबाट वोलपत्र र दरभाउपत्र वहिस्कार गरेका निर्माण व्यवसायिहरुले मंगलबारबाट वोलपत्र र दरभाउपत्र वहिस्कार स्थगित गरेका छन ।

Advertisement

आफुहरुको मागप्रति सरकार सकरात्मक हुँदै गत वैशाख ३० गते राजपत्रमा प्रकाशित गरेको सार्वजनिक खरिद (छैठौ शंशोधन) नियमावलीमा समावेश केही बुँदाहरु सरकारले शंसोधन गरेको भन्दै आफुहरुको आन्दोलन स्थगित भएको नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले जानकारी दिए । संघका महासचिव रमेशकुमार वस्नेतले मंगलबार एक विज्ञप्ती जारी गर्दै सार्वजनिक खरिद (छैठौ शंशोधन) नियमावलीमा समावेश केही बुँदाहरु संशोधन गरिएको हुँदा हाललाई वोलपत्र र दर भाउपत्र वहिस्कारका कार्यक्रम फिर्ता लिएको उल्लेख गरेका छन । विज्ञप्तीमा विरोधका कार्यक्रम सकिएको हुँदा सबै निर्माण व्यवसायीलाई काममा फर्कन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया