अमेरिकामा पढ्दै गरेकी सिसम अधिकारीद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण


नुवाकोट जेठ २८, अमेरिकाको रिड कलेजमा पढ्दै गरेकी विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेकी सिसम अधिकारीले पन्चकन्या गाउँपालिका वडा नम्बर २ कविलासमा रहेको नवसञ्जीवनी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकी छिन ।
पन्चकन्या गाउँपालिका वडा नम्बर २ कविलास मामाघर भएकी अधिकारीले विद्यालयलाई करिव पाँच लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरेकी हुन । वितरण गरेको सामाग्रीहरुमा दुई थान ल्यापटप, एउटा प्रोजेक्टर र अन्य शैक्षिक सामाग्रीहरु रहेका छन । अधिकारीले विद्यालयमा आफुले दिएकोभन्दा बढी लिएको बताइन । उनले आफु साधारण विद्यार्थी मात्र भएपनि शिक्षकहरुको सहयोग र गुणस्तरीय शिक्षाको कारणले अमेरिकासम्म पुगेको बताइन । २०७२ सालको कक्षा १२ को परिक्षामा नेपालभर उत्कृष्ट भएकी अधिकारी अहिले रिड रिड कलेजमा निशुल्क छात्रवृतिमा अध्ययनर गरिरहेकी छिन । उनले शिक्षालाई कर नभई रहर बनाए मात्र सफलता मिल्ने भन्दै त्यसमा अभिभावकको महत्व पनि बढी हुने बताए ।
शैक्षिक सामाग्री वितरण कार्याक्रममा जिल्ला समन्वय समितिका प्रमसख सन्तामान तामाङले गाउँमा रहेका अन्य विद्यालयलाई परास्त गर्दै विद्यालय जिल्लाकै उत्कृष्ट भएको भन्दै खुशी व्यत्त गरे । तामाङले आगामी दिनमा विद्यालयलाई भौतिक र शैािक्षक सहयोग गर्न जिल्ला समन्वय समिति तयार रहेको बताए । जिसस प्रमुख तामाङले सिसमले गरेको कामले आफु प्रभावित भएको भन्दै सिसमजस्तै धेरै विद्यार्थी विद्यालयले जन्माउनुपर्ने बताए । कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख सिता पराजुलीले अधिकारीले मामाघरमा रहेको विद्यालयमा आएर राम्रो काम गरेको बताइन । उनले आगामी आर्थिक वर्षको लागि बजेट शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनायोजन गर्ने बताइन ।
त्यस्तै विद्यालयका प्रध्यानाअध्यापक रामेश्वर मिश्रले विद्यालयको मुख्य लक्ष्य नै गुणस्थरीय शिक्षा रहेको बताए । उनले विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिएकोले हाम्रो नभई राम्रो शिक्षक ल्याउनुपर्ने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण मिश्रले आफु विद्यालयको नेतृत्व तहमा आएदेखि नै निरन्तर काम गरिरहेको भन्दै आगामी दिनमा विद्यालयको भौतिक र शैक्षिक प्रगतिमा ध्यान दिने बताए ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पन्चकन्याका सभापति जगदीश कुँईकेलले विद्यालयको शैक्षिक वातावरणको लागि अभिभावकले चासो व्यक्त गर्नुपर्ने बताए । उनले गाउँगाउँमा सरकार स्थापना भएपनि त्यो विद्यालयले महसुस गर्न नसकेको बताए । कार्यक्रममा सेड नेपाललका अध्यक्ष पुरुषोतम खड्का,पुर्व विद्यार्थी उपेन्द्र मिश्र, समाजसेवी रामशरण श्रेष्ठ लगायतले विद्यालयको शैक्षिक गुणस्तर जिल्लाकै उत्कृष्ट भउको भन्दै सराहान गरेका थिए । कार्यक्रममा विद्यालयलाइ शैक्षिक सामाग्री प्रदान गर्ने अधिकारीलाई सम्मान समेत गरिउको थियो । यसअघि गत वर्ष पनि अधिकारीले डेभिस पिस प्रोजेक्ट अन्र्तगत विद्यालयका प्रावि र माविका गरि एकसय ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकी थिइन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया