पन्चकन्यामा जेष्ठ नागरिक तथा अशक्तहरुको स्वास्थ्य परिक्षण गर्न घरदैलो कार्यक्रम
नुवाकोट जेठ २८, पन्चकन्या गाउँपालिका वडा नम्बर १ मा रहेका जेष्ठ नागरिक तथा अशक्तहरुको स्वास्थ्य परिक्षण गर्न आईतबारदेखि घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम शुरु गरिएको छ ।
वडा कार्यालय तथा स्वास्थ्य केन्द्रको आयोजनामा गाउँमा रहेका जेष्ठ नागरिक तथा अशक्तहरुको स्वास्थ्य परिक्षण गर्न नर्सहरु घरदैलो अभियानमा लागेको वडा नम्बर १ का वडाअध्यक्ष मणिनाथ लामिछानेले जानतकारी दिए । वडाअध्यक्ष लामिछानेका अनुसार विरामीहरुले आफुलाई भउको समस्या बताउन लाज मान्न र कोही अशक्त भएकोले स्वास्थ्य संस्थामा आउन नसक्ने हुनाले स्वास्थकर्मीहरुलाई घरघरमा परिचालन गरिउको बताए ।
स्वास्थ्य परिक्षणको क्रममा सामान्य रोग देखिएमा औषधी वितरण गरिने र जटिल रोग देखिएमा जिल्ला अस्पताल पठाइने गाउँपालिकाको कार्यालयले बताएको छ । वडाका प्रत्येक गाउँ वस्ती र टोलमा सेवा दिने कार्यक्रम भएकाले स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न वडा नम्बर १ का कार्यालयले सबैलाई सम्पर्क राख्न समेत आग्रह गरेको छ । वडा नम्बर १ का कार्यक्रम प्रभावकारी दिेखिएको भन्दै गाउँपालिकाले अन्य वडामा समेत घरदैलो स्वास्थ्य परिक्षणको कार्यक्रम गराउने पन्चकन्या गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया