पन्चकन्यामा जेष्ठ नागरिक तथा अशक्तहरुको स्वास्थ्य परिक्षण गर्न घरदैलो कार्यक्रम
नुवाकोट जेठ २८, पन्चकन्या गाउँपालिका वडा नम्बर १ मा रहेका जेष्ठ नागरिक तथा अशक्तहरुको स्वास्थ्य परिक्षण गर्न आईतबारदेखि घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम शुरु गरिएको छ ।
वडा कार्यालय तथा स्वास्थ्य केन्द्रको आयोजनामा गाउँमा रहेका जेष्ठ नागरिक तथा अशक्तहरुको स्वास्थ्य परिक्षण गर्न नर्सहरु घरदैलो अभियानमा लागेको वडा नम्बर १ का वडाअध्यक्ष मणिनाथ लामिछानेले जानतकारी दिए । वडाअध्यक्ष लामिछानेका अनुसार विरामीहरुले आफुलाई भउको समस्या बताउन लाज मान्न र कोही अशक्त भएकोले स्वास्थ्य संस्थामा आउन नसक्ने हुनाले स्वास्थकर्मीहरुलाई घरघरमा परिचालन गरिउको बताए ।
स्वास्थ्य परिक्षणको क्रममा सामान्य रोग देखिएमा औषधी वितरण गरिने र जटिल रोग देखिएमा जिल्ला अस्पताल पठाइने गाउँपालिकाको कार्यालयले बताएको छ । वडाका प्रत्येक गाउँ वस्ती र टोलमा सेवा दिने कार्यक्रम भएकाले स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न वडा नम्बर १ का कार्यालयले सबैलाई सम्पर्क राख्न समेत आग्रह गरेको छ । वडा नम्बर १ का कार्यक्रम प्रभावकारी दिेखिएको भन्दै गाउँपालिकाले अन्य वडामा समेत घरदैलो स्वास्थ्य परिक्षणको कार्यक्रम गराउने पन्चकन्या गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया