नुवाकोट गोल्डकप : मनाङलाई स्तब्ध पार्दै च्यासल सेमिफाईनलमा

विदुर खबर २०७६ जेठ २७ गते १५:०३

नुवाकोट जेठ २७, ए डिभिजन लिग च्याम्पियन मनाङ र्मस्याङदी क्लबलाई शुन्यका विरुद्ध २ गोल अन्तरले स्तब्ध पार्दै च्यासल युथ क्लब नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

निकै सुस्त प्रर्दशन गरेको लिग च्याम्पियन मनाङलाई पराजित गर्दे च्यासलले सेमिफाईनलमा संकटासँगको भेट पक्का गरेको हो । खेलको पहिलो हाफ गोलरिहत सकिएको खेलमा दोस्रो हाफमा च्यासलले निकै उत्कृष्ट फुटवल खेलेको थियो । रााष्ट्रिय खेलाडीले भरिपुर्ण मनाङलाई छक्काउँदै च्यासलको लागि दोस्रो हाफको हाफको १७ औ मिनेटमा जर्सी नम्बर १० का मिलन राईले गोल गर्दे १–० को अग्रता दिलाए । मनाङले बारम्बार च्यासलको पोष्टमा आक्रमण गर्दा समेत गोल गर्न नसकेको अवस्थामा च्यासलको लागि दोस्रो हाफको ३५ औ मिनेटमा जर्सी नम्बर २३ का सवि गुरुङले उत्कृष्ट गोल गरेका गोल गर्दे टोलीको जित निश्चित पारे त्यसपछि खेलमा कुनैपनि गोल भएन र खेल च्यासलले २–० गोल अन्तले जित हात पा¥यो ।

प्रतियोगिता अन्र्तगत मंगलबार पहिलो सेमिफाइनलमा घरेलु टोली नुवाकोट ११ विरुद्ध डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटवल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिता आगामी ३१ गतेसम्म संचालन हुनेघ । प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ ।

Advertisement

प्रतिक्रिया