नुवाकोट गोल्डकप : मनाङलाई स्तब्ध पार्दै च्यासल सेमिफाईनलमा
नुवाकोट जेठ २७, ए डिभिजन लिग च्याम्पियन मनाङ र्मस्याङदी क्लबलाई शुन्यका विरुद्ध २ गोल अन्तरले स्तब्ध पार्दै च्यासल युथ क्लब नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निकै सुस्त प्रर्दशन गरेको लिग च्याम्पियन मनाङलाई पराजित गर्दे च्यासलले सेमिफाईनलमा संकटासँगको भेट पक्का गरेको हो । खेलको पहिलो हाफ गोलरिहत सकिएको खेलमा दोस्रो हाफमा च्यासलले निकै उत्कृष्ट फुटवल खेलेको थियो । रााष्ट्रिय खेलाडीले भरिपुर्ण मनाङलाई छक्काउँदै च्यासलको लागि दोस्रो हाफको हाफको १७ औ मिनेटमा जर्सी नम्बर १० का मिलन राईले गोल गर्दे १–० को अग्रता दिलाए । मनाङले बारम्बार च्यासलको पोष्टमा आक्रमण गर्दा समेत गोल गर्न नसकेको अवस्थामा च्यासलको लागि दोस्रो हाफको ३५ औ मिनेटमा जर्सी नम्बर २३ का सवि गुरुङले उत्कृष्ट गोल गरेका गोल गर्दे टोलीको जित निश्चित पारे त्यसपछि खेलमा कुनैपनि गोल भएन र खेल च्यासलले २–० गोल अन्तले जित हात पा¥यो ।
प्रतियोगिता अन्र्तगत मंगलबार पहिलो सेमिफाइनलमा घरेलु टोली नुवाकोट ११ विरुद्ध डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटवल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिता आगामी ३१ गतेसम्म संचालन हुनेघ । प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया