नुवाकोटमा रासायनिक मलको चरम अभाव, कृषकहरुद्धारा जिल्ला प्रशासन घेराऊ

विदुर खबर २०७६ जेठ २७ गते १:१८

नुवाकोट जेठ २७, नुवाकोटमा रासायनिक मलको चरम अभाव भएको छ । जिल्लामा मलको चरम अभाव भएपछि मल नपाइएको भन्दै कृषकहरु आईतबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका छन ।

Advertisement

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले पर्याप्त मल आपूर्ति गर्न नसक्दा जिल्लामा रासायनिक मल अभाव भएको हो । जिल्लामा मलको समस्या र अभाव चुलिएपछि नुवाकोटका किसानहरु समस्यामा परेका छन । मल नपाउँदा आफुहरु मर्कामा परेको विदुर नगरपालिका वडा नम्बर ११ का कृषक परशुराम चालिसेले बताए । जिल्लामा मलको चरम अभाव देखिएपछि किसान र कृषक समुहहरु मल पाइने आसमा दैनिकजसो कृषि सामग्री केन्द्र धाउने गरेका छन । नुवाकोटमा वार्षिक झण्डै साढे २० करोड रुपैयाको रसायनिक मल खपत हुने भएपनि आपुर्ति र मागको सन्तुलन नहुँदा मल अभावको देखिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । नुवाकोटमा रासायनिक मलको वितरण साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनि लिमिटेडले मात्र गर्ने गरेका छन । जसमा कृषि सामग्री केन्द्रले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत विक्रीको जिम्मा पाएको छ । यी दुई संस्थानले विभिन्न सहकारीमार्फत किसानहरुलाई मल वितरण गर्ने गरेका छन ।

बजारमा मल नपाइएको भन्दै जिल्ला प्रशासन कार्यालय घेरा गर्न पुगेका किसानहरुको गुनासोलाई सम्बोधन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज भट्टले छिट्टै मलको व्यवस्था व्यवस्था मिलाउन निर्देशन दिए । उनले सबैलाई न्यायोचित तवरले मल वितरण गर्न आग्रह गरे । त्यस्तै कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख दिवस विष्टले प्रदेश नम्बर ३ मा नै मल अभाव देखिनुको मुख्य कारण टेन्डर प्रक्रिया ढिलो हुनु रहेको बताए । ‘किसानलाई अनुदानको मल वितरण गर्न बसेका छौं तर मल आवश्यक पर्ने समयमा किसानलाई मलै दिन नसक्ने अवस्था आयो,’ उनले भने । उनले आगामी साताबाट मलको अभाव नहुने दाबी गरे ।

Advertisement

प्रमुख बाली लगाइ राखिएको बेला एक महिनादेखि जिल्लामा मलको अभावको स्थिति देखिएको हो । नुवाकोटका विभिन्न गाउँदेखि बजारमा मल किन्न आएका किसानहरु मल नपाएर त्यसै फर्कन बाध्य भएका छन् । वर्षभरि खाने अन्न विशेषगरी पहाडी क्षेत्रको मकैमा अहिले गोडमेल गरेर मल हाल्ने बेला भयो । तर, मल नहुँदा किसानलाई तनाव बढेको हो । कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत मलको माग धानिरहेको थियो । नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री केन्द्रले पनि मल दिन नसकेको हुँदा बजारमा मलको चरम अभाव सिर्जना भएको हो ।साल्ट्र टे«डिङ कर्पोरेसन लिमिटेडले किसानको मागअनुसार उपलब्ध गराउन नसके पनि केही मात्रामा मल वितरण गरिरहेको कार्यालयका प्रकाशचन्द्र उफ्रतीले बताए । उनले बजारमा मल आउन ेबित्तिकै एकैछिनमै सकिने गरेको बताए । गेर्खुका सूर्य तामाङ मल लिनका लागि ३ दिनदेखि बजार धाइरहेका छन् । तर, उनले मल प्राप्त गर्न सकेका छैनन् । यस्तै, मल किन्नका लागि सागर लामा किस्पाङबाट विदुर आएका थिए । उनले एक महिनामा पनि मल नपाएपछि सदरमुकाम आएको बताए । नुवाकोटमा अहिलेसम्म करिव युरीया,पोटास र डिएबी गरि ९ हजार मेट्रिक टन मल विक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

जसमध्ये १६ सय १६ मेट्रिक टन युरिया,१३ सय ३४ डिएबी र ५२ सय ९५ मेट्रिकटन पोटास मल खपत भएको छ । सरकारले कृषकहरुलाई अनुदानवापत मल दिएको हुनाले नुवाकोट र रसुवामा साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनि लिमिटेडले युरिया मलको प्रतिबोरा ८ सय १४ रुपैयाँ, डिएबिको प्रतिबोरा २२ सय ६३ रुपैयाँ र पोटासको प्रतिबोरा १६ सय ६३ रुपैयाँ तोकिदिएकोे छ । जस अनुसार सरकारले प्रतिबोरा कृषक समुहहरुलाई १२ रुपैयाँ ५० पैसा छुट दिएको छ । जसमा कृषक समुहले लोड अनलोडवाहेक अन्य शुल्क लिन पाउने छैन । मल अभावको विषयमा प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले नुवाकोटमा मात्र नभएर प्रदेशका अन्य जिल्लामा पनि मलको अभाव रहेको बताए । नेपालमा मलको कारखाना नभएकोले आपूर्ति व्यवस्थामा समस्या आएसँगै अभावको स्थिति देखिएको उनको भनाइ छ । नुवाकोट र रसुवामा कृषि विकास कार्यलयले रसायनिक मल विभिन्न सहकारीमाफर्त विक्री वितरण गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया