विभागिय डर्बीमा पुलिस सफल, फाईनल प्रवेशको लागि नुवाकोट ११ सँग प्रतिष्पर्धा गर्ने
नुवाकोट जेठ २६, नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आईतबार भएको तेस्रो क्वाटरफाइनल अन्र्तगत विभागिय डर्बीमा नेपाल पुलिस क्लबले शसस्त्र प्रहरीको एपिएफलाई ३–२ गोल अन्तरले पराजित गर्दै खेलमा बाजी मारेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको मैदानमा सम्पन्न खेलमा एक गोलले पछाडी परेको अवस्थामा खेल उल्टाउँदै पुलिसले बाजी मारेको हो । एपिएफको लागि पहिलो हाफको ४० औ मिनेटमा नविन लामाले पेनाल्टीमार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । पुलिसका गोलकिपर रोशन खड्काले विपक्षी खेलाडीलाई डिबक्समा खुट्टा तानेपछि सशस्त्र प्रहरीले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफमा उत्कष्ट लयमा फर्किएको पुलिसको लागि खेलको ५० औ मिनेटमा अजित भण्डारीले गोल गर्दै खेल एकएकको बराबरीमा ल्याएका थिए । त्यसको एक मिनेट बित्न नपाउँदै पुन पुलिसले काउन्टर मार्फत एक गोल गर्दै खेलमा २–१ को अग्रता बनायो । त्यसपछि पुन पुलिसका खेलको ७० औ मिनेटमा रवि पासवानले गोल गर्दै पुलिस ३–१ को अग्रता बनाएको थियो । खेलको ७८ औ मिनेटमा एपिएफको लागि अजित लामाले गोल गरेर दुरी छुट्टाएपनि त्यो पर्याप्त भएन र खेल पुलिसले ३–२ गोल अन्तरले बाजी मा¥यो । खेलमा उत्कृष्ट प्रर्दशन गरेका पुलिसका जर्सी नम्बर १२ का रवि पासवान म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ हात पारे । सेमिफाइनल पुगेको पुलिसले फाइनल प्रवेशको लागि मंगलबार घरेलु टोली नुवाकोट ११ सँग प्रतिष्पर्धा गर्नेछ ।
नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघले आयोजना गरेको प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन । प्रतियोगिाको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म संचालन हुनेछ । प्रतियोगिता अन्र्तगत सोमबार चौथो क्वाटरफाइनलमा मनाङ र च्यासल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक





प्रतिक्रिया