कांग्रेस नुवाकोटको राष्ट्रिय जनजागरण अभियान सम्पन्न
नुवाकोट जेठ २६, नेपाल कांग्रेसको रााष्ट्रिय जनजागरण अभियान शनिबार सम्पन्न भएको छ ।
बैशाख २४ गते बाट सुरुभएको कार्यक्रम कांग्रेस केन्द्रिय कार्यालयको गत चैत्र १५ गतेको परिपत्रको आधारमा जिल्लाका १२ वट्टै स्थानिय तहमा सम्पन्न भएको हो । अभियान समापन गर्दै पुर्वमन्त्रि तथा नुवाकोटको लागि केन्द्रिय प्रतिनिधि समेत रहेका अर्जुनजंगवहादुर सिंहले रााष्ट्रिय जागरण अभियानले सबै नेपालीलाई जागरुक बनाउन सफल भएको बताए । उनले अभियान शुरु भएकै दिनदेखि पार्टीमा नयाँ युगको शुरुवात भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जगदिशनरसिंह केशीले सरकारले गरेको नराम्रो कामको भण्डाफोर गर्न र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न जगारण अभियानले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले आगामी दिनमा कांग्रेस एकढिक्का भएर अगाडी बढेका कसैको तागतले रोक्न नसक्ने बताए । त्यस्तै जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापाले कांग्रेसले यस्तो अभियान निरन्तर चलाउनुपर्ने बताइन । पार्टीले यस्ता कार्यक्रम निरन्तर गरेमा नेता तथा कार्यकर्ताहरुमा उर्जा प्रदान हुन्छ थापाले भनिन । एक महिना चलेको अभियानको क्रममा कांग्रेसका नेतृत्व तहमा रहेको गुट उपगुटको अन्त्य हुनुपर्ने कार्यकर्ताहरुले बताएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया