कांग्रेस नुवाकोटको राष्ट्रिय जनजागरण अभियान सम्पन्न

विदुर खबर २०७६ जेठ २६ गते १:५८

नुवाकोट जेठ २६, नेपाल कांग्रेसको रााष्ट्रिय जनजागरण अभियान शनिबार सम्पन्न भएको छ ।

Advertisement

बैशाख २४ गते बाट सुरुभएको कार्यक्रम कांग्रेस केन्द्रिय कार्यालयको गत चैत्र १५ गतेको परिपत्रको आधारमा जिल्लाका १२ वट्टै स्थानिय तहमा सम्पन्न भएको हो । अभियान समापन गर्दै पुर्वमन्त्रि तथा नुवाकोटको लागि केन्द्रिय प्रतिनिधि समेत रहेका अर्जुनजंगवहादुर सिंहले रााष्ट्रिय जागरण अभियानले सबै नेपालीलाई जागरुक बनाउन सफल भएको बताए । उनले अभियान शुरु भएकै दिनदेखि पार्टीमा नयाँ युगको शुरुवात भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जगदिशनरसिंह केशीले सरकारले गरेको नराम्रो कामको भण्डाफोर गर्न र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न जगारण अभियानले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले आगामी दिनमा कांग्रेस एकढिक्का भएर अगाडी बढेका कसैको तागतले रोक्न नसक्ने बताए । त्यस्तै जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापाले कांग्रेसले यस्तो अभियान निरन्तर चलाउनुपर्ने बताइन । पार्टीले यस्ता कार्यक्रम निरन्तर गरेमा नेता तथा कार्यकर्ताहरुमा उर्जा प्रदान हुन्छ थापाले भनिन । एक महिना चलेको अभियानको क्रममा कांग्रेसका नेतृत्व तहमा रहेको गुट उपगुटको अन्त्य हुनुपर्ने कार्यकर्ताहरुले बताएका थिए ।

Advertisement

प्रतिक्रिया