आजबाट नुवाकोटका निर्माण व्यवसायीले वोलपत्र र दरभाउपत्र वहिस्कार गर्ने

विदुर खबर २०७६ जेठ २६ गते १:५०

नुवाकोट जेठ २६, आजबाट नुवाकोटका निर्माण व्यवसायीहरुले वोलपत्र र दरभाउपत्र वहिस्कार गर्ने भएका छन ।

Advertisement

नुवाकोट निर्माण व्यवसायि संघले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै आईतबारबाट नुवाकोट जिल्लाका सरकारी वा गैरसरकारी संस्थाहरुबाट आह्वान गरिउका सम्पुर्ण बोलपत्र तथा दरभाउपत्रहरु वहिस्कार गर्ने निर्णय गरेको संघका अध्यक्ष सुमन अधिकारीले जानकारी दिए ।

अधिकारीले सरकारले गत वैशाख ३० गते राजपत्रमा प्रकाशित गरेको सार्वजनिक खरिद (छैठौ शंशोधन) नियमावलीमा समावेश केही बुँदाहरु सार्वजनिक क्षेत्रलाई धरासायी बनाउने गरि आएकोले आफुहरु वहिस्कारमा उत्तिएको बताए । निर्माण व्यवसायी संघले वहिस्कारमा उत्रेर सहयोग गर्न सबै निर्माण व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

Advertisement

संघले वोलपत्र र दरभाउपत्र वहिस्कार गर्ने सुचनालाई वेवास्ता गरेमा संघको विधानको परिच्छेद ३ को दफा ८ अनुसार ३ देखि ५ वर्षसम्म निलम्बन तथा संघको सम्पुर्ण सेवा तथा सुविधाबाट समेत बन्चित गरिने विज्ञप्तीमा उल्लेख छ । नेपाल निर्माण व्यवसायी महासंघको यही १४ गते बसेको कार्यसमितिले बैठकले बोलपत्र तथा दरभाउपत्र वहिस्कार गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया