घरेलु टोली नुवाकोट ११ सेमिफाईनलमा, फाईनल प्रवेशको लागि बुधबार खेल्ने

विदुर खबर २०७६ जेठ २४ गते १३:४०

नुवाकोट जेठ २४, नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको पहिलो क्वाटरफाइनलमा विजय युथ क्लब हेटौडालाई १–२ गोल अन्तरले पराजित गर्दै घरेलु टोली नुवाकोट सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

निकै प्रतिष्पर्धात्मक खेलमा घरेलु टोली नुवाकोट ११ ले पहिलो हाफको अतिरित्त समयदेखि दश खेलाडीमा सिमित विजय युथ क्लबलाई पराजित गरेको हो । खेलको ४२ औ मिनेटमा विजय युथका लागि जर्सी नम्बर १६ का ओका वोटाले नुवाकोेट ११ का खेलाडीलाई ट्याकल गरेपछि उनी दोस्रो पहेँलो कार्ड व्यहोर्दै मैदानमा छाड्न बाध्य भए ।

नुवाकोटको लागि खेलको ५ औ र ५२ औ मिनेटमा जर्सी नम्बर ५ का रोमियोले गोल गरेका गरेका थिए । खेलको शुरुवात देखिनै विजय युथ हेटौडालाई दबाबमा राखेको नुवाकोटले संघर्षपुर्ण जित निकाल्न सफल भएको हो । दश खेलाडीमा सिमित विजय युथले दोस्रो हाफमा पुनरागमन गदै घरेलु टोलीलाई दबावमा राखेको थियो । फलस्वरुप विजय युथको लागि खेलको ७१ औ यामिक वानलले गोल गर्दै गोल अन्तर घटाएका थिए । निकै राम्रो प्रयासहरु विजय युथ हेटौडाले गुमाउँदा नुवाकोट ११ विजयी भयो । सेमिफाईनल प्रवेश गरेको नुवाकोट ११ ले फाइनल प्रवेशको लागि विभागिय टोलीहरु नेपाल पुुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफबीचको विजेतासँग बुधबार प्रतिष्पर्धा गर्नेछ ।

Advertisement

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगितामा नुवाकोट ११, विभागिय टोलीहरु नेपाल पुलिस,शसस्त्र प्रहरी बल र नेपाली आर्मी क्लबले सहभागिता जनाएका छन । त्यस्तै ए डिभिजनका क्लबहरु मनाङ, संकटा, च्यासल युथ क्लबल, चितवन ११, विजय युथ हेटौडा र काठमाणडौको दिपशिखा युवा समुहसहित १० टोलीले सहभागिता जनाएका छन । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ । प्रतियोगिता अन्र्तगत शनिबार विभागिय टोली नेपाल आर्मी क्लब र संकटा क्लबबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

प्रतिक्रिया