भुकम्पले ध्वस्त भएको समुन्द्रटार प्रहरी चौकीको पुननिर्माण सम्पन्न
नुवाकोट जेठ २३, २०७२ सालको विनासकारी भुकम्पले ध्वस्त भएको दप्चेश्वर गाउँपालिकाको समुन्द्रटारमा रहेको प्रहरी चौकीको भवन पुननिर्माण सम्पन्न भएको छ ।
रााष्ट्रिय पुननिर्माण प्राधिकरणको ८९ लाख ७७ हजार २ सय ७५ रुपैयाँको लागतमा चौकीको निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । भवनको मंगलबार प्रदेश नम्बर ३ प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापा , नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्ललीमगर र गाउँपालिकाकी उपप्रमसख अन्ञ्जु आचार्यले संयुत्त रुपमा उद्घाटन उद्घाटन गरेका छन । प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले भवनको निर्माणले जनताको सेवामा थप सहयोग पुग्ने बताए ।
त्यस्तै नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्ललीमगरले भवन अभावले प्रहरीको काम कारवाही प्रभावति भएकोले अवको दिनमा त्यस्ता समस्या नरहने बताए । त्यस्तै दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्य, नं. ६ का अध्यक्ष किशोर अधिकारी र गाउपालिकाको महिला संजालको अध्यक्ष सरिता तामाङले गाउँमै सुविधासम्पन्न भवन निर्माण भएकोमा खुशी व्यक्त गरे । १० जनाको दरबन्दी रहेको समुन्दूटार चौकीमा ५ जना मात्रध कार्यरत रहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया