भुकम्पले ध्वस्त भएको समुन्द्रटार प्रहरी चौकीको पुननिर्माण सम्पन्न

विदुर खबर २०७६ जेठ २३ गते ३:३१

नुवाकोट जेठ २३, २०७२ सालको विनासकारी भुकम्पले ध्वस्त भएको दप्चेश्वर गाउँपालिकाको समुन्द्रटारमा रहेको प्रहरी चौकीको भवन पुननिर्माण सम्पन्न भएको छ ।

Advertisement

रााष्ट्रिय पुननिर्माण प्राधिकरणको ८९ लाख ७७ हजार २ सय ७५ रुपैयाँको लागतमा चौकीको निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । भवनको मंगलबार प्रदेश नम्बर ३ प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापा , नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्ललीमगर र गाउँपालिकाकी उपप्रमसख अन्ञ्जु आचार्यले संयुत्त रुपमा उद्घाटन उद्घाटन गरेका छन । प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले भवनको निर्माणले जनताको सेवामा थप सहयोग पुग्ने बताए ।

त्यस्तै नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्ललीमगरले भवन अभावले प्रहरीको काम कारवाही प्रभावति भएकोले अवको दिनमा त्यस्ता समस्या नरहने बताए । त्यस्तै दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्य, नं. ६ का अध्यक्ष किशोर अधिकारी र गाउपालिकाको महिला संजालको अध्यक्ष सरिता तामाङले गाउँमै सुविधासम्पन्न भवन निर्माण भएकोमा खुशी व्यक्त गरे । १० जनाको दरबन्दी रहेको समुन्दूटार चौकीमा ५ जना मात्रध कार्यरत रहेका छन ।

Advertisement

प्रतिक्रिया