रसुवामा टाटा सु्मो दुर्घटना, तीनको मृत्यु


फाइल फोटो
नुवाकोट जेठ २१,रसुवाको मैलुङ–स्याँफ्रुबेँशी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै वेपत्ता छन् भने पाँच गम्भीर घाइते छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । दुई जनाको घटनास्थलमा तथा एक जनाको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टाटासुमोमा सवार सवै उत्तरी रसुवाको गोल्जुङका बासिन्दा हुन् । गम्भीर घाइतेमा चालक आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय निमा तामाङ, ३५ वर्षीया जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, पाँच वर्षीया फुर्वु याङजेन तामाङ र तीन वर्षीय निम छेवाङ तामाङ रहेका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको त्रिशुली अस्पतालले जनाएको छ ।
आमाछोदिङ्मो–४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङ्जेन घले र २० वर्षीया लेताङ घले वेपत्ता रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । प्रहरी नायव निरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा घटनास्थल गएको प्रहरी टोलीले अहिले वेपत्ताको खोजी गरिरहेको छ । पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नं को टाटासुमो मैलुङ–स्याँफ्रुबँशी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा दुर्घटना भई करिब एक सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना
यूएईको ग्यास केन्द्रमा मिसाइल खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग





प्रतिक्रिया